माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २६, २०७७
|
|
२४ पटक हेरिएको
Shares
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन

सारांश

  • माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ ।
  • नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो ।
  • गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन ।

माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ । नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो ।

गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन । जसमा अधिकांश कर्जामा आधारदरमा ५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिएको छ । मुद्दती निक्षेपको धितोमा दिइने ऋण, युवा तथा साना व्यवसायीस्वरोजगार कर्जा लगायतमा भने जोखिम प्रिमियम २.५ प्रतिशतसम्म तोकिएको छ । भदौ मसान्तमा आधारित बैङ्कको आधारदर ८.४२ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैङ्कले तय गरेको स्थिर ब्याजदर अनुसार होमलोन, अटो÷हायर पर्चेज लोन र अन्य खुद्रा लोनका लागि स्थिर ब्याजदर कायम गरिएको छ । होमलोनमा ५ वर्ष अवधिका लागि ९.८९ प्रतिशत, ५ देखि १० वर्षका लागि १०.८९ प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि ११.८९ प्रतिशत ब्याजदर तय गरिएको छ । त्यस्तै अटोलोनमा ५ वर्षको लागि ९.८९ प्रतिशत र ५ देखि १० वर्षको लागि १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।

अन्य खुद्रा ऋणका लागि भने ५ वर्षसम्मको अवधिका लागि १०.२४ प्रतिशत, ५ देखि १० वर्षको लागि ११.२४ प्रतिशत र १० वर्षभन्दा लामो अवधिको लागि १२.२४ प्रतिशत ब्याजदर तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?