सुनको भाउ उकालो लाग्ने क्रम जारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
३१ पटक हेरिएको
Shares
सुनको भाउ उकालो लाग्ने क्रम जारी

सारांश

  • बुधबार सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ ।
  • यस दिन सुन तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । यस दिन सुन तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार चाँदीको मूल्य भने सामान्य रुपमा घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदी आजकै मूल्यमा कारोबार भएको थियो भने मंगलबार तोलामा पाँच रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?