प्रधानमन्त्री ओलीको निर्देशन टेरेनन् नेकपाका सांसदले !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको निर्देशन टेरेनन् नेकपाका सांसदले !

सारांश

  • काठमाडौ, ३ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका बारेमा रहेका असन्तुष्टि पार्टीभित्रै राख्न निर्देशन दिएको भोलिपल्टै संसदमा नेकपाका सांसदहरुले बजेट विनियोजनमा मन्त्रीहरुले मनपरी गरेको भन्दै सरकारको कडा आलोचना गरेका छन्।
  • सरकार नीति र विधि बाहिरबाट चलेको र केही नेता र मन्त्रीहरुले योजनाजति आफ्ना जिल्ला र क्षेत्रमा पारेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन्।

काठमाडौ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका बारेमा रहेका असन्तुष्टि पार्टीभित्रै राख्न निर्देशन दिएको भोलिपल्टै संसदमा नेकपाका सांसदहरुले बजेट विनियोजनमा मन्त्रीहरुले मनपरी गरेको भन्दै सरकारको कडा आलोचना गरेका छन्।

सरकार नीति र विधि बाहिरबाट चलेको र केही नेता र मन्त्रीहरुले योजनाजति आफ्ना जिल्ला र क्षेत्रमा पारेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विभिन्न मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा सहभागी नेकपाका सांसद दुर्गबहादुर रातवले पार्टीको नेतृत्वमा सरकार भए पनि आफ्नो सरकार जस्तो नभएको बताए।

कालिकोटबाट निर्वाचित सांसद रावतले सरकारले बजेटमा कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप लगाए। उनले बजेटमा कर्णालीलाई पूरै उपेक्षा गरेको भन्दै सांसदहरुलाई मन्त्रीका जिल्लाका योजनाका किताब बोक्ने भरिया मात्रै बनाउन खोजेको आरोप समेत लगाए। उनले भने, ‘म मन्त्रीको जिल्लाका योजना बोक्ने भरिया सांसद होइन।’

‘आफ्नै पार्टीको नेत्तृत्वमा सरकार छ तर पनि सरकार कसको हो भन्नु पर्ने अवस्था छ’, उनले भने, ‘बजेटमा कसैलाई काखा र केसैलाई पाखा गरिएको छ, हामी चुपचाप बस्न सक्दैनौँ।’

सांसद राउतले पार्टीले गरेको निर्णयअनुसार सरकार चल्न नसकेको आरोप लगाए। उनले भने, ‘सरकार पार्टीको निर्देशनमा चल्नु पर्छ, कम्युनिस्ट पार्टीको सरकार मनपरी रुपमा चल्न पाइँदैन।’

शनिबार सांसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदमा आफ्नै पार्टीका सांसदबाट सरकारको कडा आलोचना भएपछि असन्तुष्टिहरु पार्टीभित्रै राख्न सांसदहरुलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?