भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई कारवाही
सारांश
- झापा, ३१ वैशाख।
- सरकारी स्वीकृत बिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ ।
- दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।
झापा, ३१ वैशाख। सरकारी स्वीकृत बिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ ।
दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।
नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले सोमबार स्कूल अनुगमन गरेको थियो । अनुगमनपछि समितिले स्कूललाई २४ घण्टे स्पष्टीकरण सोधेकोे शिक्षा अधिकृत शालिग्राम काफ्लेले जानकारी दिनुभयो ।
स्कूलले १ देखि कक्षा १० सम्म अधिकांश भारतीय पब्लिकेशनका पुस्तक पढाउँदै आएको छ । स्कूलले आफूले पढाउने पुस्तकको विषयमा शिक्षा कार्यालयमा जानकारी गराउनु पर्ने भए पनि हालसम्म त्यसो नगरेको उहाँले काफ्लेले बताउनुभयो ।
शिक्षा अधिकृत काफ्ले तोकिएको समयभित्रमा स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने बताउनु भयो । उक्त स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पब्लिकेशनका ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेको उल्लेख गर्नुभयो ।
त्यस पुस्तकमा भारतको झण्डा, आफ्नो जन्मभूमि भारत हो, हाम्रो राष्ट्रिय झण्डाजस्ता पाठ्यसामग्री समावेश गरिएको पाइएको जानकारी दिंदै उहाँले भन्नुभयो, ‘स्वीकृतबिनाका पाठ्यपुस्तक पढाएको स्कूल प्रशासनले स्वीकार गरेको र त्यस्ता पुस्तक सोमबारदेखि हटाउने प्रतिवद्धता जनाएको छ।’
अनुगमनमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीसहितका शिक्षा समितिको एक टोली खटिएको थियो । दमक नगरभित्र २१ वटा सामुदायिक र ५९ वटा संस्थागत विद्यालय छन् ।
Bdhan Basnet
padauna diya hunxa akhir ma indian nai hunu parla jasto cha kam lagcha
Keshav Nath Kanwar
Pahile ka pandit banaras gayar kehi Kam lagen tehi vayar hola ni dai.