भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

सारांश

  • भोजपुर, १४ पुस ।
  • भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैकोे देउरालीमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

भोजपुर, १४ पुस । भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैकोे देउरालीमा ब्रेक फेल भई दुर्घटना भएको हो । बसमा सवार यात्रुमध्ये चालकसहित आठजना गम्भीर घाइते भएका छन् ।

भोजपुर सदरमुकामबाट धरानको लागि बिहान ११ बजेको छुटको बस ब्रेक फेल भई पल्टिँदा बसले किचेर अरुण गाउँपालिका–३, प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको थियो ।

१६ जना यात्रु बोकेको सुम्निमा पारुहाङ यातायातको यात्रुबस दुर्घटनामा पर्दा रामप्रसाद राई गाउँपालिका–८, बासीखोराका किशोर राई, अरुण गाउँपालिका–३, प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका–१०, भैँसीपंखाकी सिताकुमारी राई, भोजपुर सदरमुकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका–४, धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिं तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घाइते सबैको जिल्ला अस्पताल भोजपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?