बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ९, २०७७
|
|
२६ पटक हेरिएको
Shares
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी

सारांश

  • महोत्तरीको बर्दिबास १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेके आरोपमा पक्राउ परेका आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्।
  • प्रर्दशनकारीले आरोपीको घरमा आगजनीसहित ढुङगा प्रहार गरिरहेका छन् ।
  • आइतबार साँझदेखि घर आँगनमा खेल्दै गरेकी हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।

महोत्तरीको बर्दिबास १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेके आरोपमा पक्राउ परेका आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्।

प्रर्दशनकारीले आरोपीको घरमा आगजनीसहित ढुङगा प्रहार गरिरहेका छन् ।आइतबार साँझदेखि घर आँगनमा खेल्दै गरेकी हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।

आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको हो । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका छन् । उनै साहको घरमा प्रर्दशनकारीले आगजनी गरिरहेका छन् ।

(https://colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राम्रा कामको प्रचार नहुँदा  नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण
भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण
मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा
मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा
यसकारण राप्रपा सरकारमा  जान पाएन………….
यसकारण राप्रपा सरकारमा जान पाएन………….
माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार
माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार
पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
पदयात्रामार्फत जोडिदै बौद्धनाथ र हनुमानढोका दरबार
पदयात्रामार्फत जोडिदै बौद्धनाथ र हनुमानढोका दरबार
मल ल्याउने ठेक्का पाएका प्रचण्डका घरबेटी सहितको दुई कम्पनीको धरौटी जफत
मल ल्याउने ठेक्का पाएका प्रचण्डका घरबेटी सहितको दुई कम्पनीको धरौटी जफत
रहेनन् नेकपा नेता बोम खड्का
रहेनन् नेकपा नेता बोम खड्का
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

तपाईंले छुटाउनुभयो कि?