कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

सारांश

  • कालीकोट, २७ मंसिर, पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको.
  • समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
  • नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा (एमाले)ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा (प्रजातान्त्रिक) एक हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताउनुभएको छ ।

कालीकोट, २७ मंसिर, पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको. समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा (एमाले)ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा (प्रजातान्त्रिक) एक हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताउनुभएको छ ।

उहाँले प्रदेशसभा (क)मा नेकपा (माओवादी केन्द्र)को चार हजार ७९७, एमाले चार हजार ६०० र नेपाली काँग्रेसलाई एक हजार ५६० मत प्राप्त भएको बताउनुभयो ।

त्यसैगरी, प्रदेशसभा क्षेत्र (ख)मा माओवादी केन्द्रले छ हजार १८, एमाले पाँच हजार ४३९ र काँग्रेसले चार हजार ५७० मत प्राप्त गरेका छन् । कालीकोटमा समानुपातिकतर्फ ४२ हजार ७४० मत खसेको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा (क)मा एमालेका कुर्मराज शाही र प्रदेशसभा (ख)मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुनु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?