३३ किलो सुन काण्डका आरोपित छाड्ने मुख्य न्यायाधीशलाई कार्वाहीस्वरुप तानियो, छानबिन गर्न समिति गठन
सारांश
- काठमाडौं ।
- ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गलत आदेश दिने उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भूर्तेललाई कार्वाहीस्वरुप काजमा न्यायपरिषद् सचिवालयमा तानिएको छ।
- यसअघि नै विराटनगर अदालतबाट ५ जना न्यायाधीश काजमा तानिइसकेका छन् ।
काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गलत आदेश दिने उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भूर्तेललाई कार्वाहीस्वरुप काजमा न्यायपरिषद् सचिवालयमा तानिएको छ। यसअघि नै विराटनगर अदालतबाट ५ जना न्यायाधीश काजमा तानिइसकेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्याय परिषदका अध्यक्ष चोलेन्द्र समशेर राणाले कार्यभार सम्हालेको २० दिनमै न्यायाधीशलाई कार्वाहीस्वरुप काजमा तानेका हुन् । उनले न्यायलय शुद्धिकरणको अभियान थाल्ने प्रतिवद्धता व्यक्त गरिसकको छन् । कार्वाहीस्वरुप तानिएका न्यायाधीशहरुको विषयमा छानबीन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको संयोजकत्वमा समिति बनाइएको छ ।
साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा प्रहरीले मुद्दा चलाएका आरोपित पक्राउ परेकाहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालतले सुनकाण्डका आरोपितलाई धरौटीमा छाडेपछि न्याय परिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीशहरूलाई परिषद् सचिवालयमा तानेको हो।
यसअघि न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषद् सचिवालयलाई तानिएको थियो।
परिषद् बैठकले जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेयबारे छानबिन गर्ने जिम्मेवारी सर्वोच्च अदालतकै न्यायाधीश आनन्दमोहन भट्टराईको संयोजकत्वमा समिति बनाइएको छ ।
न्याय सम्पादनमा बदनियत देखिएपछि आत्रेयलाई न्याय परिषद् सचिवालयमा तानिएको थियो। परिषद्मा तानिएका न्यायाधीशका विषयमा छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिन समय तोकिएको परिषद् स्रोतले जनाएको छ।
प्रतिक्रिया