मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०८०
|
|
४१ पटक हेरिएको
Shares
मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताएका छन् ।
  • कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उनले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गरे ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताएका छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उनले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गरे । सभापति देउवाले निर्वाचनमा जातका आधारमा मात्र भोट दिने चलन हटिसकेको र राम्रो उम्मेदवार हेरेर भोट हाल्ने गरेको सन्दर्भमा त्यसतर्फ समेत ध्यान दिन नेता कार्यकर्ताको ध्यानाकृष्ट गराए ।

उनले मुस्लिम समुदायमा रहेको एकता र सौहार्दताको प्रशंसा गर्दै यसले अन्य समुदायलाई पनि प्रेरणा मिलेको विश्वास व्यक्त गरे । सो अवसरमा सभापति देउवाले सङ्घले समयमै महाधिवेशन गरेको र यसले अन्य भ्रातृ संस्थालाई पनि प्रेरणा मिल्ने बताउँदै महाधिवेशनबाट एकताका साथ सफल नेतृत्व चयनका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सबै जातजाति, धर्म र समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रिय चरित्रको पार्टी भएको उल्लेख गर्दै पार्टी र सरकारमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी काम गर्ने विश्वास दिलाए । उनले हाम्रो समाजमा परापूर्व कालदेखि नै साम्प्रदायिक सद्भाव रहेको उल्लेख गर्दै यसमा कहीँ कसैले खलबल्याउने नियोजित प्रयास गरे त्यसप्रति सबै एकजुट भएर सचेत हुनुपर्ने बताए ।

साथै उनले सङ्घले महाधिवेशनमा छलफल गरी पारित गरेका मागका विषयले पार्टीको महासमिति बैठकमा प्रवेश पाउने विश्वास समेत दिलाए । कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानअनुसारको समानुपातिक प्रतिनिधित्व कार्यान्वयन गराउन माग गरे ।

सङघका कार्यवाहक अध्यक्ष अताबुल मन्सुरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कांग्रेस केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, अब्दुल रज्जाक, अब्दुल सत्तारलगायतले शुभकामना मन्तव्य दिएका थिए । महाधिवेशनमा देशभरका सङ्घका ४३ जिल्ला समितिबाट चार सय ७३ प्रतिनिधिको सहभागिता रहेको छ भने सोमबार ८६ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रक्रिया हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?
फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?
विस्तारवादी नीति अन्तर्गत मोदी नेपाल भ्रमणमा आउन लागेका हुन : मसाल
विस्तारवादी नीति अन्तर्गत मोदी नेपाल भ्रमणमा आउन लागेका हुन : मसाल
‘आतंकवादी परिसर’ मा इजराइली सेनाद्वारा हवाई आक्रमण
‘आतंकवादी परिसर’ मा इजराइली सेनाद्वारा हवाई आक्रमण
इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो
इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो
सेयर बजार परिसूचक १०१ ले बढ्यो
सेयर बजार परिसूचक १०१ ले बढ्यो
स्वास्थ्य चौकी भवन पुनःनिर्माण
स्वास्थ्य चौकी भवन पुनःनिर्माण
दुई बालकको दुर्घटनामा ज्यान गयो
दुई बालकको दुर्घटनामा ज्यान गयो
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
के काँग्रेसले अर्बौंको भ्रष्टाचार खोजेर सार्वजनिक गर्न सक्ला ?
के काँग्रेसले अर्बौंको भ्रष्टाचार खोजेर सार्वजनिक गर्न सक्ला ?
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर