कुन मन्त्री कुन मन्त्रालयमा ? हेर्नुहोस
सारांश
- काठमाडौं ।
- झण्डै डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।
- देउवाको मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट एकजना गरी १९ जना नयाँ मन्त्रीहरु थपिएका हुन् ।
काठमाडौं ।
झण्डै डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।
देउवाको मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट एकजना गरी १९ जना नयाँ मन्त्रीहरु थपिएका हुन् ।
कांग्रेसबाट
भीमसेनदास प्रधान–रक्षा
वीरबहादुर बलायर–भौतिक पूर्वाधार
यज्ञबहादुर थापा–कानुन
मोहनबहादुर बस्नेत– सूचना तथा सन्चार
सन्जय गौतम–सिँचाइ
राजन केसी–युवा तथा खेलकुद
मीनबहादुर विश्वकर्मा–वाणिज्य
महेन्द्र यादव–खानेपानी तथा सरसफाइ
अम्बिका बस्नेत–सहकारी मन्त्री रहेका छन् ।
माओवादी केन्द्रबाट
शिवकुमार मण्डल–आपूर्ति
गिरिराजमणि पोखरेल–स्वास्थ्य
महेन्द्रबहादुर शाही–ऊर्जा
सन्तकुुमार थारु– पशुपंक्षी
आशा खनाल–महिला तथा बालबालिका
टेकबहादुर बस्नेत–सामान्य प्रशासनमन्त्री रहेका छन् ।
नेपाल लोकतान्त्रिक फोरमबाट
जितेन्द्र देव–पर्यटन
गोपाल दहित–भूमिसुधारमन्त्री बनेका छन् ।
नेकपा संयुक्तबाट
मिथिला चौधरी—वातावरण मन्त्री बनेकी छन् ।
नवनियुक्त मन्त्रीहरुलाई बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
प्रतिक्रिया