अमेरिकाको टेक्ससमा गोलिकाण्डः तीन जनाको मृत्यु, दुई जना घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
अमेरिकाको टेक्ससमा गोलिकाण्डः तीन जनाको मृत्यु, दुई जना घाइते

सारांश

  • न्यूयाेर्क।
  • अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
  • साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्।

न्यूयाेर्क। अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्।

ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्षका करिब १० देखि २० जना मानिसको भेला भएको अवस्थामा झगडा भएको र गोली हानाहान हुँदा कम्तिमा पाँच जनालाई गोली लागेको थियो।

ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एक जना पुरुष र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

त्यसैगरी गोली लागेका अन्य दुई जना अस्पतालमा उपचार गराउन पुगेको स्थानीय प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?