दल विभाजन सम्बन्धी अध्यादेश खारेज

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ११, २०७८
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।
  •  मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश खारेज गरेकी हुन्।
  • आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश खारेज गरेकी हुन्।

आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्छ।

ऐनमा भएको दल विभाजनका लागि केन्द्रीय कमिटि र संसदीय दलमा ४०/४० प्रतिशत चाहिने प्रावधानलाई हटाएर सरकारले दुईमध्ये एकातिर मात्रै २० प्रतिशत भए पुग्ने गरी अध्यादेश जारी गरेको थियो।

त्यही प्रावधानमा टेकेर माधव नेपालले २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यको समर्थनमा भदौ ९ गते एकीकृत समाजवादी गठन गरेका हुन्।

त्यस्तै जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी पनि गठन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने पक्राउ
प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने पक्राउ
बुढानिलकण्ठ सहमति काँग्रेस केन्द्रीय समितिद्वारा अनुमोदन
बुढानिलकण्ठ सहमति काँग्रेस केन्द्रीय समितिद्वारा अनुमोदन
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
३२ जिल्लामा नेपाली कांग्रेसका चुनावी कमाण्डर ! नाम लिस्ट सहित
३२ जिल्लामा नेपाली कांग्रेसका चुनावी कमाण्डर ! नाम लिस्ट सहित
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
हामीले नगरेको दोषको भागीदार भइरहेका छौं : प्रधानमन्त्री ओली
हामीले नगरेको दोषको भागीदार भइरहेका छौं : प्रधानमन्त्री ओली
आज सुपर मुन देख्न पाइने, दुर्लभ दृश्य- खग्रास चन्द्र ग्रहण पनि
’सासुको जन्मदिनमा प्रियंका चोपडाको खास उपहार, लेखिन इमोशनल पोष्ट
’सासुको जन्मदिनमा प्रियंका चोपडाको खास उपहार, लेखिन इमोशनल पोष्ट
अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान
अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान
समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन पार्टीको कति मत ?
समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन पार्टीको कति मत ?

तपाईंले छुटाउनुभयो कि?