एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने
सारांश
- काठमाडौं ।
- मुलुकको पछिल्लो राजनीतिक अवस्था र २ नं.
- प्रदेशको स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न नेकपा (एमाले)ले स्थायी समितिको बैठक बोलाएको छ ।
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र २ नं. प्रदेशको स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न नेकपा (एमाले)ले स्थायी समितिको बैठक बोलाएको छ ।
काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा शनिबार बस्ने बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगले पेस गरेको प्रतिवेदन, २ नं. प्रदेशका स्थानीय तहको निर्वाचन र तयार तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
आयोगको प्रतिवेदनलाई लिएर असन्तुष्ट एमालेले सो विषयमा स्थायी समितिबाट आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
२ नं. प्रदेशमा राजपा नेपालले प्रचार प्रसारमा लगाएको प्रतिबन्धका विषयमा एमालेले छलफल गरेर रणनीति तयार पार्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया