हामीले नगरेको दोषको भागीदार भइरहेका छौं : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
६० पटक हेरिएको
Shares
हामीले नगरेको दोषको भागीदार भइरहेका छौं : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री के.
  • पी.

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले बिमस्टेकलाई सम्बोधन गर्दै बुद्धिस्ट सर्किटको अवधारणालाई मूर्तता दिनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी प्रधानमन्त्रीले जलवायु परिवर्तनको कारण भएका प्राकृतिक प्रकोपहरुसँग जुध्नका सामूहिक तयारीको आवश्यकतामा जोड दिए । ‘हामीले नगरेको दोषको भागीदार भइरहेका छौं, यस प्रकोपसँग जुध्न साझा तर, छुट्टाछुट्टै दायित्व र क्षमताको आधारमा पहल जरुरी छ।’
प्रधानमन्त्रीले आगन्तुक राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई बुद्ध र सगरमाथाको देशमा स्वागत गरेका थिए ।

विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्या प्रतिनिधित्व गर्ने बंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएको बताउँदै बिमस्टेक दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्ने बताए ।

सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, क्रियाशील जनसंख्याबाट सृजना हुने अनगिन्ती अवसर रहेको बताए । प्रधानमन्त्री ओलीले हाम्रा पूर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गरे ।

यस क्षेत्रका जनतालाई गरीवीको सांग्लो र अभावको कुचक्रबाट मुक्तगर्नुपर्ने बताए । ‘‘हामीले बिमस्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नैपर्छ । हामीले सहश्राब्दी विकास लक्ष्य अन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दीगो विकासको लक्ष्यसमेत हासिल गर्नै पर्छ ।’’

आर्थिक विकासको इन्जिन व्यापार भएको बताउँदै, ‘‘वस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधामा विवादको निराकरण जस्ता विषयमा सहमति आजको आवश्यकता हो । जसले बिमस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको हाम्रो प्रतिवद्धता अपरिहार्य छ ।

कनेक्टिभिटीलाई मजबुत क्षेत्रीय सहयोग बताउँदै आर्थिक एकिकरणको जग भएको धारणा राखे । प्रधानमन्त्री ओलीले यस क्षेत्रमा कनेक्टिभिटी र पर्यटनको प्रवद्र्धन गर्न बुद्धिस्ट सर्किटको अवधारणालाई मूर्तता दिनुपर्नेमा जोड दिए ।

उनले आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रण गर्न यस क्षेत्रका राज्यबीच थप बलियो एकता र सामूहिक प्रयासको आवश्यकता औंल्याए । प्रधानमन्त्री ओलीले व्यापार आर्थिक बृद्धिको सबैभन्दा महत्वपूर्ण भए पनि बिमस्टेक देशबीच ज्यादै थोरै व्यापार भएको बताए। उनले भने, ‘व्यापार, सेवा, लगानीलगायत विषयमा बिमस्टेक मुलुकहरु प्रभावकारी रुपमा अघि बढ्नुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै
आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
अष्ट्रेलिया पठाईदिन्छु भनि ठग्ने एक पक्राउ
अष्ट्रेलिया पठाईदिन्छु भनि ठग्ने एक पक्राउ
प्रचण्डको एउटा आदेशले मुलुकलाई सवा करोड फाइदा
प्रचण्डको एउटा आदेशले मुलुकलाई सवा करोड फाइदा
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सेनाको विस्फोटक पदार्थ नलिइने
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सेनाको विस्फोटक पदार्थ नलिइने
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
लगानीकर्ताले आजदेखि अनलाईमार्फत सेयर कारोबार गर्न पाउने
लगानीकर्ताले आजदेखि अनलाईमार्फत सेयर कारोबार गर्न पाउने
ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन
ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’:  गृहमन्त्री थापा
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’: गृहमन्त्री थापा