आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………

सारांश

  • १५ साउन- कांग्रेसले आफ्नो नीति, नेतृत्व, संगठन र कार्यकर्ताको ‘अस्तित्वको लडाइँ’का रूपमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिने भएको छ ।
  • पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तह कम जितेको कांग्रेसले तेस्रो चरणमा कम्तीमा एक सिट भए पनि बढी जित्नै पर्ने रणनीति अपनाउने स्रोतले जनाएको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
  • आगामी असोज २ गते प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणको निर्वाचन हुँदै छ ।

१५ साउन- कांग्रेसले आफ्नो नीति, नेतृत्व, संगठन र कार्यकर्ताको ‘अस्तित्वको लडाइँ’का रूपमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिने भएको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तह कम जितेको कांग्रेसले तेस्रो चरणमा कम्तीमा एक सिट भए पनि बढी जित्नै पर्ने रणनीति अपनाउने स्रोतले जनाएको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।आगामी असोज २ गते प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणको निर्वाचन हुँदै छ । अघिल्लो शनिबारदेखि तीन दिन बसेको केन्द्रीय कार्यसमिति बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षाका साथै तेस्रो चरणको निर्वाचनका लागि रणनीति तय गर्ने सम्बन्धमा छलफल भएको थियो ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अधिकांश केन्दीय सदस्यले बैठकमा ‘कांग्रेसको अभियान, प्रदेश नम्बर २ को निर्वाचन’ भन्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश २ लाई केन्द्र बनाउँदै तेस्रो चरणको निर्वाचन हुने आठ जिल्लाका १२७ स्थानीय तहमा प्रतिनिधित्व गर्नेदेखि प्रधानमन्त्री देउवासम्मको सहभागितामा यही साउन १९ र २० गते धनुषामा बृहत् भेला आयोजना गर्न लागिएको कांग्रेस नेतासमेत रहेका कृषि विकासमन्त्री रामकृष्ण यादवले जानकारी गराए ।

प्रदेश २ मा रहेको विद्रोही मधेसी शक्ति, राष्ट्रिय जनता पार्टी र मधेसी समुदायको मागका रूपमा रहेको संविधान संशोधन, सिंहदरबारमा मधेसीको प्रतिनिधित्व रहेको सन्देश दिनेजस्ता कार्य गर्ने/गराउने पक्षमा कांग्रेस गएकाले एमाले पराजित हुने दाबी कृषिमन्त्री यादवले गरे । सरकार सञ्चालनमा महत्वपूर्ण भूमिकामा रहेका विमलेन्द्र निधि, आफूसहित खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवलगायत एक दर्जन सांसद भएको धनुषामा पार्टीको जिल्ला सभापति चयन हुन नसक्नु कमजोरी रहेको उनले स्वीकार गरे । ‘धनुषा कांग्रेसको विवादले निकास पाउने आधार र सम्भावना भने केही समययता बन्दै गएको छ’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?