प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी

सारांश

  • काठमाडौं, १७ बैशाख ।
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको मोदी सरकारले निम्ता दिएर स्वागत÷सम्मान गर्नुको पछाडि गलत नियत भएको बताएका छन् ।
  • उनले प्रेस विज्ञप्ति जारी गरी मोदी भारतको प्रधानमन्त्री भएपछि उनले नेपालप्रति अपनाएका नीति र व्यवहार नेपालको राष्ट्रिय हित, सम्मान र सार्वभौमसत्ताका विरुद्धमा भएकाले उनको भ्रमणको विरोध गर्नुपर्ने बताएका छन् ।

काठमाडौं, १७ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको मोदी सरकारले निम्ता दिएर स्वागत÷सम्मान गर्नुको पछाडि गलत नियत भएको बताएका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी मोदी भारतको प्रधानमन्त्री भएपछि उनले नेपालप्रति अपनाएका नीति र व्यवहार नेपालको राष्ट्रिय हित, सम्मान र सार्वभौमसत्ताका विरुद्धमा भएकाले उनको भ्रमणको विरोध गर्नुपर्ने बताएका छन् । विज्ञप्तिको पूर्णपाठ ः

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला नेपाल भ्रमणमा आउने कुरालाई हामीले गम्भीर रुपमा लिएका छौं । भारतको प्रधानमन्त्री भए पश्चात् उनले नेपालप्रति अपनाएका नीति र व्यवहार नेपालको राष्ट्रिय हित, सम्मान र सार्वभौमसत्ताका विरुद्ध छन् । यी नीति र व्यवहारलाई भविष्यमा पनि उनले अर्को कोणबाट अघि बढाउने छन् । त्यसकारण यो भ्रमण नेपालको पक्षमा हुने छैन । हामीले यो भ्रमणको विरोध गर्दछौं ।

विशेषगरी संविधान निर्माणको कालमा उनको सरकारले भारतीय विस्तारवादी नीति अनुसार नेपालमा संघीय व्यवस्था लाद्न, आत्म निर्णयको अधिकार सहितको संघीय व्यवस्था निर्माण गर्न, नेपाललाई बहुराष्ट्रिय वा द्विराष्ट्रिय देश घोषणा गर्न, त्यस आधारमा सम्पूर्ण तराई क्षेत्रको एक प्रदेश निर्माण गर्न, त्यसको लागि मधेशका मुठ्ठीभर विखण्डनकारीहरुलाई अघि सारेर अराजक र विखण्डनकारी गतिविधि संचालन ग¥यो । संघीय शासन प्रणाली भए पनि भारतीय विस्तारवादले चाहे जस्तो संविधान निर्माण भएन र उनले उक्त संविधानको घोषणालाई रोक्न प्रयत्न गरे । त्यसमा पनि उनी सफल भएनन् । त्यसपछि उनको सरकारले नेपालका विरुद्ध नाकाबन्दी लगायो । त्यो नाकाबन्दीले भर्खर भीषण भूकम्पबाट भएको व्यापक जनधनको नोक्सानी भएको बेला नेपाली जनतालाई झन मर्माहत तुल्यायो । त्यतिबेलाको नाकाबन्दी कुनै दुश्मनको व्यवहार भन्दा कम थिएन । त्यो अत्यन्त निर्मम र अमानवीय थियो । त्यतिमात्र होइन, नेपाली जनताले प्रथम पटक आफैले निर्माण गरेको संविधानका विरुद्ध उनले अन्तर्राष्ट्रिय अभियान चलाए । उनको सरकारका ती नीति र व्यवहारलाई तात्कालिक नेपाल सरकार र नेपाली जनताले धैर्य र साहासका साथ सामना गरे । नेपालले चीनस“ग सम्बन्ध विस्तार गर्न प्रयत्न गर्यो । उनले नेपालप्रति अपनाएका नीति र व्यवहारको उनकै देशमा आलोचना भयो । त्यसपछि मात्र उनले नेपालप्रति सकारात्मक भएको नाटक गर्न थाले । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्ता गरेर उनलाई सम्मान गरे । यसका पछाडिको उनको उद्देश्य सकारात्मक छैन । त्यसकारण, उनलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय हित, स्वाभिमान र सम्मानका विरुद्ध हुन्छ ।

नेपालको संविधान जारी भएपछि उनले उक्त संविधान नेपालको हित विपरीत र राष्ट्रिय विखण्डन गर्ने प्रकारले संशोधन गराउन प्रयत्न गर्दै आएका छन् । त्यसको लागि आफ्ना दलाल शक्तिको गठबन्धन गराई गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बहुमत ल्याउन सहयोग गरे । त्यसमा पनि उनी असफल भए । त्यसपछि बामपक्षिय गठबन्धनलाई नै उपयोग गर्ने उनको प्रयास छ । भारतस“गका कैयन असमान सन्धि सम्झौता यथावत छन् । सीमा अतिक्रमण कायम छ । नेपालको बजारमा भारतीय एकाधिकार कायम छ । यसलाई सुदृढ पार्न उनी नेपाल आउ“दै छन् । नेपालप्रतिको भारतीय नीतिमा कुनै सकारात्मक बदलाव आएको छैन । नेपालका प्रधानमन्त्री केपी ओली भारत भ्रमणकै बेला नेपालको अरुण तेस्रो जलविद्युत परियोजनाको संयुक्त शिलन्यास गर्ने तयारी थियो । त्यसको हामीले तत्काल विरोध गर्यौं । जनताबाट पनि विरोध प्रकट भयो । तब उक्त सिलन्यास कार्यक्रम स्थगित गरियो । सम्भवतः उनी नेपाल आउदा उक्त सिलन्यास हुन सक्छ । विद्यमान स्थितिमा यदि कुनै सन्धि, सम्झौता भए पनि नेपालको हितमा हुने छैनन् । तसर्थ, उनको नेपाल भ्रमणको सम्पूर्ण देशभक्त नेपाली जनताले विरोध गर्नेछन् । उनलाई सरकारी स्तरबाट गर्ने स्वागतको पनि हामीले विरोध गर्दछौं ।

२०७५ बैशाख १७ गते

……………..
चित्रबहादुर के.सी.
अध्यक्ष

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Rk Paul Tmg

    Kp oli lai modi kutta le Dr. Ko upadi diya paxi makha nai xani

    Comment Author

    Tn Adhikari

    केपी अाेली भारतकाे गुलामी गरनु भनेकाे नेपाली जनतनकाे अपना गरनु हाे ? केपीले ठूलाे राष्ट्रघात गरदैछन ?

    Comment Author

    Uttam Mahat

    Kasari Daysako bikasa huncha Saala sujhapa binu.birodha hoyena aba daysa ko bikasa hola ki jasto bhaya ko cha. Ayasto bayla birodha garanay ho kasto bichara bhaya ko manchay ho

    Comment Author

    Gyanu Khawash

    होसियार ओलि धारिङ्गे हात लगाएर सरापने दिन न
    आओस

    Comment Author

    Bajra Gurung

    Shantipurna hos

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?