सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ९, २०७६
|
|
४८ पटक हेरिएको
Shares
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

सारांश

  • प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गरिने भएको छ ।
  • सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले नेपाल भ्रमण वर्र्षमा लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो ।
  • भ्रमण वर्र्ष २०२० मा लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताउनुभयो ।

प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गरिने भएको छ । सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले नेपाल भ्रमण वर्र्षमा लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो ।

भ्रमण वर्र्ष २०२० मा लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताउनुभयो । गाउँपालिकाले आयोजना गर्ने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले नौ दिने बृहत् कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष अन्सारीले बताउनुभयो ।

आगामी माघ १९ देखि २७ गतेसम्म कोशी टप्पु वन्यजन्तु आरक्ष प्रवेशद्वारका रुपमा रहेको पश्चिम कुशाहामा आन्तरिकसँगै छिमेकी भारतका पर्यटकलाई समेत आकर्षित गर्ने योजनासहित महोत्सव आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको सप्तकोशी नदी, कोशी टप्पु वन्यजन्तु आरक्ष र ठूलाठूला सिमसारमा पाइने विभिन्न प्रजातिका पक्षी, जलचर, अर्नासहितका वन्यजन्तु, कोशीको जलयात्राजस्ता धेरै सम्भावनाले यो क्षेत्रका जनताको जीवनस्तर उकास्न सकिने भएकाले त्यसका लागि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवले थप मद्दत पु¥याउने गाउँपालिकाका अध्यक्ष अन्सारीले बताउनुभयो ।

महोत्सवसँगै यसक्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेर यो क्षेत्रका जनताको स्थानीय उत्पादनको बजार प्रवद्र्धन, होटलसहितका क्षेत्रमा लगानीको सम्भावनालाई व्यवहारमा उतार्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरमा स्थानीय साधन स्रोतबाट उत्पादन हुने उत्पादन, स्थानीय संस्कृति प्रवद्र्धन, स्थानीय खानाका कक्ष, स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धनमूलक सन्देश, सप्तकोशी नदीमा बोटिङ, हात्ती सफारी, आरक्ष अवलोकन र साङ्गीतिक कार्यको प्रर्दशनी गर्ने योजना रहेको अध्यक्ष अन्सारीले बताउनुभयो । कोशी पर्यटन महोत्सवमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ
मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ
प्रचण्ड र ओलीको गम्भिर मन्थन, दुवैले गरे आत्मालोचना
प्रचण्ड र ओलीको गम्भिर मन्थन, दुवैले गरे आत्मालोचना
Мостбет скачать на смартфон мобильное приложение Mostbet ap
‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’
‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
सन्देश बचाऊ’ अभियान बन्द !
सन्देश बचाऊ’ अभियान बन्द !