विजयनगर भयो खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
विजयनगर भयो खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा), २४ जेठ।
  •   कपिलवस्तुको विजयनगर गाउपालिका खुल्ला दिसा मुक्त गाउँपालिका बनेको छ ।
  • विहिवार एक कार्यक्रम आयोजना गरी गाउपालिकालाई खुल्ला दिसा मुक्त गाउपालिका घोषणा गरिएको हो ।

माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा), २४ जेठ।  कपिलवस्तुको विजयनगर गाउपालिका खुल्ला दिसा मुक्त गाउँपालिका बनेको छ ।

विहिवार एक कार्यक्रम आयोजना गरी गाउपालिकालाई खुल्ला दिसा मुक्त गाउपालिका घोषणा गरिएको हो । साविक ४ गाविस मिलेर बनेको गाउपालिका मध्ये साविक पत्थरदेहिया गाविस खुल्ला दिशामुक्त घोषणा हुन वाँकि रहेको थियो ।

साविक गुगौली गाविस कपिलबस्तुको पहिलो अर्थात २०६७ सालमा खुल्ला दिशामुक्त घोषणा भएको थियो । हाल वडा न १ र २ मा १ हजार ६ सय १४ घरधुरीमा शौचालय रहेको गाउपालिका अध्यक्ष गोपाल थापाले वताए । त्यस्तै साविक खुरुहुरीया गाविस तथा हाल वडा ५ र ६ मा १ हजार ३ सय ६२ घरधुरीमा शौचालय निर्माण भएपछी खुल्ला दिशा मुक्त घोषणा भएको थियो ।

त्यस्तै साविक गणेशपुर गाविस हाल विजनयगर गाउपालिका वडा ७ मा ८५४ घरधुरी निर्माण भए पछी खुल्ला दिशा मुक्त घोषणा भएको अध्यक्ष थापाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै गाउपालिका भित्र रहेका सम्पुर्ण वडाहरु खुल्ला दिशा मुक्त घोषणा भएपछी वडा नं ३ सगै गाउपालिका नै खुल्ला दिशा मुक्त घोषणा भएको छ । 

विजयनगर गाउपालिका प्रमुख थापाले आगामी दिनमा अनिवार्य सौचालयको प्रयोग,सार्वजनिक स्थलहरु सफा राख्नु पर्ने,खुल्ला ठाउँमा सौच गरेको पाइएमा जरीवाना सहित कार्वाही गर्ने,सरसफाई परिचय पत्रबिना गाउँपालिका तथा वडाबाट पाउने सेवा सुबिधा राक्का गर्ने,२०७८ साल सम्म पुर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने लगायतका निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो।

अध्यक्ष थापाले खुल्ला दिशा मुक्त घोषणा गर्न सहयोग गर्ने पश्चिम नेपाल खानेपानि सरसफाई परियोजना दोस्रो चरण,सु आहारा,सरसफाई अभियान्ता हरुलाई कार्यक्रम मार्फत धन्यवाद दिए ।
कार्यक्रमलाई संम्बोधन गर्दै जिल्ला सम्मन्वय समिति उप प्रमुख तारावती चौधरीले कपिलबस्तुका जिल्लाको विजयनगर गाउंपालिका नमुना गाउपालिका बनाउने अभियान स्वरुप एउटा सरकारको लक्ष्य पुरा गरेकोमा खुसी व्यक्त गरिन । चौधरीले भनिन “आजको समयमा पनि शौचालय बनाउनु भनेर सिकाउनु लज्जास्पद हाे ।चौधरीले बिजयनगर बासि र सम्पुर्ण कर्मचारीहरुलाई धन्यबाद दिंदै खुल्ला दिशामुक्त क्षेत्र घोषणालाई पुर्ण रुपमा कार्यानयन गर्न अनुरोध समेत गरिन । कार्यक्रममा मार्फत खुल्ला दिशा मुक्त घोषणा गर्न सहयोग गर्नेहरुलाई सम्मान पत्र र दोसल्ला ले सम्मान गरिएको छ ।

कार्यक्रमका अवसरमा पुर्व सांसद बलराम अधिकारी,जिल्ला सम्न्वय अधिकारी जगन्नाथ लामिछाने,खानेपानि तथा सव डिभिजन कार्यालयका प्रमुख कैलश नायक,पश्चिम नेपाल खानेपानि सरसफाई कार्यक्रमका चन्द्र झा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समितिति उप प्रमुख तारावती चौधरीको प्रमुख आथित्यतामा बिजयनगर गाउँपालिका प्रमुख गोपाल थापाको अध्यक्षतामा समपन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बडादशैको नवमीमा मात्रै खुल्ने काठमाडौँको तलेजु मन्दिर यो वर्ष नखुल्ने
बडादशैको नवमीमा मात्रै खुल्ने काठमाडौँको तलेजु मन्दिर यो वर्ष नखुल्ने
नेकपा स्थायी कमिटि सदस्यहरु को कता (सुचीसहित)
नेकपा स्थायी कमिटि सदस्यहरु को कता (सुचीसहित)
बाध्य बनेर बाहिरिए प्रधानन्यायाधीश गोपाल पराजुली
बाध्य बनेर बाहिरिए प्रधानन्यायाधीश गोपाल पराजुली
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका  शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था
जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै सभामुख महरा
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै सभामुख महरा
तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव : लोडसेडिङको सम्भावना बढ्यो
बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव : लोडसेडिङको सम्भावना बढ्यो
एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ !
एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ !