पैसाको लोभमा विद्यार्थीको रुचि नमार्नुहोस् : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
४६ पटक हेरिएको
Shares
पैसाको लोभमा विद्यार्थीको रुचि नमार्नुहोस् : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको लोभमा साना विद्यार्थीको रुचि नमार्न आग्रह गरेका छन् ।
  • नेपाली विद्धान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्रीले विद्यार्थीकोे रुचि अनुसार अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको लोभमा साना विद्यार्थीको रुचि नमार्न आग्रह गरेका छन् ।

नेपाली विद्धान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्रीले विद्यार्थीकोे रुचि अनुसार अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताए । अभिभावक र विद्यालयको रुचिअनुसार पढिदिनु पर्दा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“महंगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचि नमार्नुहोस” प्रधानमन्त्रीले भने, “विद्यार्थीको रुचिअनुसार विषय तपाईंको विद्यालयमा पढाइ हुँदैन भने उनीहरुलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस् ।”

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउदै भर्ना गराउन सरकार प्रयासरत भएको बताए ।

“अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीयतहलाई पनि दिइएको छ तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नुपर्छ” प्रधानमन्त्री ओलीले भने, “यसवर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग-यौं । आगामी वर्षभित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुँदैनन् ।”

नेपाललाई विकासमा नेतृत्व गर्नसक्ने जनशक्ति आवश्यक परेकाले त्यसै अनुसारका विषय छनौट गरेर पठन पाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सारेगामापमा नेपालका प्रितम तेस्रो, आयुष चौथो
सारेगामापमा नेपालका प्रितम तेस्रो, आयुष चौथो
यसरि भयाे सिंह-सिटाैलाकाे याेजना विफल
यसरि भयाे सिंह-सिटाैलाकाे याेजना विफल
भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा
भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा
बालुवाटारमा प्रचण्डको लागि राखिएको कुर्सी खाली
बालुवाटारमा प्रचण्डको लागि राखिएको कुर्सी खाली
पछिल्लो २४ घण्टामा ५३१६ कोरोना संक्रमित थपिए
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
नेकपा एसमा भाँडभैलो
नेकपा एसमा भाँडभैलो
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय