पल शाहको मुद्दा मिलाउन परिवार सक्रिय
सारांश
- बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका पल भनिने पूर्णविक्रम शाहलाई छुटाउनको लागि उनका परिवारले पहल सुरु गरेका छन् ।
- एक नाबालिकाले शाहमाथि जबरजस्ती करणको आरोप लगाउँदै जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् ।
- उजुरी परेको पाँचौ दिनमा शाह हिजो तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।
बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका पल भनिने पूर्णविक्रम शाहलाई छुटाउनको लागि उनका परिवारले पहल सुरु गरेका छन् । एक नाबालिकाले शाहमाथि जबरजस्ती करणको आरोप लगाउँदै जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् ।
विश्वस्त सूत्रकाअनुसार पलको परिवारका सदस्यहरुले भने यो मुधा मिलाउनको लागि पहल गरिरहेका छन् । पलको तर्फबाट उनका मामा माईजु सक्रिय भएका छन् । उनीहरुले ती नाबालिकाको परिवारका सदस्यहरुसँग वार्ता गर्ने तयारी गरेका छन् ।
तर, मुद्दा अदालतमा परिसकेको अवस्था रहेको र अदालतले पनि ७ दिनको म्याद थप गरेर अनुशन्धान प्रक्रिया अघि बढाईसकेकोले यो विषय अब अदालतको फैसलापछि मात्रै टुँगो लाग्नेछ । यदि पल अदालतबाट निर्दोष सावित भए भने उनी छुट्छन होईन अदालतले दोषी सावित गर्यो भने सोहीअनुसार सजाय भोग्नेछन् ।
प्रतिक्रिया