फेसबुकले न्युज फिडमा ठूलो परिवर्तन गर्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
५२ पटक हेरिएको
Shares
फेसबुकले न्युज फिडमा ठूलो परिवर्तन गर्दै

सारांश

  • काठमाडौं,पुस ३० ।
  •   फेसबुकले आगामी हप्तादेखि न्युज फिडमा ठूलो परिवर्तन गर्ने घोषणा गरेको छ ।
  • फेसबुक प्रयोगकर्ताहरुले आफ्नो न्युज फिड स्क्रोल गर्दा व्यवसायिक, संचारमाध्यमजस्ता कम्पनी र ब्रान्डका पोष्टहरु कम हेर्नुपर्ने बताइएको छ ।

काठमाडौं,पुस ३० ।  फेसबुकले आगामी हप्तादेखि न्युज फिडमा ठूलो परिवर्तन गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरुले आफ्नो न्युज फिड स्क्रोल गर्दा व्यवसायिक, संचारमाध्यमजस्ता कम्पनी र ब्रान्डका पोष्टहरु कम हेर्नुपर्ने बताइएको छ ।

परिवार र साथीभाइले शेयर गरेका तस्बिर लगायत अन्य पोष्टलाई बढी महत्व दिइने र व्यवसायिक खालका पोष्टहरुलाई प्रयोगकर्तामाझ कम देखाइने निर्णय भएको फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले बताएका हुन् ।

फेसबुकको उद्देश्य मानिसहरुलाई एकआपसमा जोड्नु र सकारात्मक भावनाहरु बाँड्नु रहेको जुकरवर्गले बताए । मानिसहरुले फेसबुक जस्तो सामाजिक संजालको प्रयोग गर्दा खर्चेको समयले उनीहरुमा सकारात्मक प्रभाव पारोस् भन्ने फेसबुकको लक्ष्य रहेको उनले बताएका हुन् । फेसबुक प्रयोगकर्ताले एक्लोपना महसुस नगरुन् र टाढाका साथीभाइ र आफन्तसँग राम्रो सम्पर्क होस् भन्ने अभिप्रायका साथ यसो गर्न लागिएको जुकरवर्गले आफ्नो ब्लगमा उल्लेख गरेका हुन् ।

फेसबुकका पोष्टहरुले मानिसहरुबीच अर्थपूर्ण अन्तरक्रिया गराउनका लागि जुकरवर्गले यो परिवर्तन ल्याउन लागेको बताएका छन् । आजभोलि प्रयोगकर्ताहरुले मन नलाग्दा नलाग्दै पनि व्यवसायिक पोष्टहरु पढ्ने, हेर्ने गरेको र सूचनामुलक र मनोरञ्जनात्मक भएपनि यसले मानिसहरुबीचको अन्र्तक्रियालाई घटाउँदै लगेको भन्दै यस्तो बदलाव आवश्यक भएको जुकरवर्गले बताएका हुन् ।

मानिसहरुले कम प्रतिक्रिया दिने गरेका पेजहरु पनि अबबाट फेसबुकमा देखा नपर्ने बताइएको छ । त्यसकारण आगामी सातादेखि फेसबुकले परिवार र साथीहरुका पोष्टलाई बढी केन्द्रित गर्ने निर्णय गरेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
‘दरबारमार्ग रेप केस’ : अभियुक्तहरु नै डिएसपीकै साथी !
‘दरबारमार्ग रेप केस’ : अभियुक्तहरु नै डिएसपीकै साथी !
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
असार २८ गते शनिबारको राशीफल यस्तो छ
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव
विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव