चर्चित हिरोइनको पकेट मार्ने धन्दा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७८
|
|
३२ पटक हेरिएको
Shares
चर्चित हिरोइनको पकेट मार्ने धन्दा

सारांश

  • बंगाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रूपा दत्तलाई पाकेटमारेको आरोपमा भारतीय प्रहरीले गिरफ्तार गरेको छ ।
  • भारतीय संचारमाध्यमहरुका अनुसार भारतको पश्चिम बंगालको कोलकातामा भएको अन्तर्राष्ट्रिय पुस्तक मेलामा रुपाले पाकेटमारेको पत्ता लागेको हो ।
  • विधान नगर उत्तरी प्रहरी चौकीका अनुसार गत शनिबार एक महिलालाई फोहोरको बाल्टिनमा झोला फालेको प्रहरीले देखेको थियो ।

बंगाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रूपा दत्तलाई पाकेटमारेको आरोपमा भारतीय प्रहरीले गिरफ्तार गरेको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार भारतको पश्चिम बंगालको कोलकातामा भएको अन्तर्राष्ट्रिय पुस्तक मेलामा रुपाले पाकेटमारेको पत्ता लागेको हो । विधान नगर उत्तरी प्रहरी चौकीका अनुसार गत शनिबार एक महिलालाई फोहोरको बाल्टिनमा झोला फालेको प्रहरीले देखेको थियो ।

त्यसपछि प्रहरीले उनी माथि शंका गरेको थियो ।प्रहरीले शंका लागेर उनीमाथि सोधपुछ गरेपछि उनको झोला खानतलासी गरेको थियो ।

प्रहरीले रुपाको झोलामा ७५ हजार भारतीय रुपैयाँ फेला पारेको थियो । उनलाई सो रकम कहाँबाट आएको भनेर प्रहरीले सोधपुछ गरेको थियो । तर उनले त्यसको स्पष्ट जवाफ दिन सकिनन् ।

प्रहरीले निरन्तर सोधपुछ गर्दा उनले भीडभाडमा गएर पाकेट मार्ने गरेको स्वीकारेकी छिन् । रुपाले पाकेट मारेको भन्ने खबर बाहिरिएपछि अहिले सबैजना चकित भएका छन् । एउटा नायिकाबाट भएको यस्तो कुरा कसैले पत्याउन सकेका छैनन् ।

रूपाले यो भन्दा अगाडी फिल्म निर्देशक अनुराग कश्यपले आफुमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । रूपा एक चर्चित बंगाली अभिनेत्री हुन् । उनले धेरै टिभी सिरियल र फिल्महरूमा अभिनय गरेकी छिन् ।

उनको साथमा एउटा डायरी नै भेटिएको छ । जसमा चोरीको सबै रकमको नोट लेखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संसदको अपमान -गठबन्धन
नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संसदको अपमान -गठबन्धन
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
कश्मीरमा मारिए गोर्खा सैनिक नेपाली युवा अर्जुन
कश्मीरमा मारिए गोर्खा सैनिक नेपाली युवा अर्जुन
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
दाङको राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी
दाङको राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
कुचो छोएको भन्दै दलित बच्चालाई कुटपिट
कुचो छोएको भन्दै दलित बच्चालाई कुटपिट
कुलमानको विषयमा अमनलाल मोदीको कुरै नसुनी खेदो खनिएको महेश बस्नेतको दावी
कुलमानको विषयमा अमनलाल मोदीको कुरै नसुनी खेदो खनिएको महेश बस्नेतको दावी
जनप्रतिनिधिको एकवर्ष : रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर

तपाईंले छुटाउनुभयो कि?