कुलमानको विषयमा अमनलाल मोदीको कुरै नसुनी खेदो खनिएको महेश बस्नेतको दावी
सारांश
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार र लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् ।
- मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले भने–‘प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठेको र भारतबाट खरिद गरिएको विजुली खपत गरे पनि र नगरे पनि रकम तिर्नुपर्ने विषयमा नेकपा सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिमा प्रश्न सोध्दा उहाँलाई कतिपय मिडियाले तल्लो स्तरमा पुगेर गाली गरेको सुनियो र स्वयम् कुलमानजीले मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पनि सुनियो ।
- कुलमानजीले गर्नुभएका राम्रा कामहरुमा हाम्रो सहयोग र साथ समर्थन छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार र लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् ।
मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले भने–‘प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठेको र भारतबाट खरिद गरिएको विजुली खपत गरे पनि र नगरे पनि रकम तिर्नुपर्ने विषयमा नेकपा सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिमा प्रश्न सोध्दा उहाँलाई कतिपय मिडियाले तल्लो स्तरमा पुगेर गाली गरेको सुनियो र स्वयम् कुलमानजीले मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पनि सुनियो । कुलमानजीले गर्नुभएका राम्रा कामहरुमा हाम्रो सहयोग र साथ समर्थन छ । तर, मोदीजीले उठाएका विषय गम्भीर छन् ।’
त्यसैले यो विषयमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले उचित छानविन र दोषीहरुमाथि कारबाही गर्न सांसद बस्नेतले आग्रह गरे ।
बस्नेतले भने–‘भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि नगरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको छ । यी कुरा उठाउँदा मोदीमाथि सामाजिक संजालले तल्लो स्तरमा ओर्लेर गाली गरेको सुनियो ।’
संसदमा क्रिश्चियन धर्म विरोधी सांसहरु रहेको भन्दै उनले आफूहरु धर्म निरपेक्ष मुलुकको नागरिक भएको जानकारी गराउँदै क्रिश्चियन धर्म विरोधी भुतलाई हटाउन आग्रह गरे ।
प्रतिक्रिया