समाचारप्रति मेरो आपत्ति छ : हरि भट्टराई
सारांश
- काठमाडौं, १७ जेठ- न्युज अभियानबाट साभार गरी यस अनलाईनले’ मन्त्रीसँगको फोटो देखाउँदै ठगी गर्ने यी हुन हाइप्रोफाईल ठग’ शीर्षकमा छापेको समाचारप्रति हरि भट्टराईले गम्भीर आपत्ति व्यक्त गरेका छन् ।
- उनले समाचारको खण्डन गर्दै कसैले व्यक्तिगत रिसिवी साँध्न समाचार लेखाएको भन्दै आपत्ति जनाएका हुन् ।
- उनले साभार गरिएको समाचार भ्रामक रहेको बताएका छन् ।
काठमाडौं, १७ जेठ- न्युज अभियानबाट साभार गरी यस अनलाईनले’ मन्त्रीसँगको फोटो देखाउँदै ठगी गर्ने यी हुन हाइप्रोफाईल ठग’ शीर्षकमा छापेको समाचारप्रति हरि भट्टराईले गम्भीर आपत्ति व्यक्त गरेका छन् ।
उनले समाचारको खण्डन गर्दै कसैले व्यक्तिगत रिसिवी साँध्न समाचार लेखाएको भन्दै आपत्ति जनाएका हुन् । उनले साभार गरिएको समाचार भ्रामक रहेको बताएका छन् ।
‘म विगत केही वर्षदेखि मलेसियामा आफ्नै व्यवसाय गर्दै आएको छु । मलेसिया नेपाली श्रम बजारको महत्वपुर्ण गन्तब्य हो । नेपाली श्रमिकहरुले झेल्नुपरेको समस्या समाधानको लागि एक व्यवसायीको हैसियतले मैले बेलाबेलामा सहजिकरण भुमिका निर्वाह गर्दै आएको छु ।’
हालसाल म नेपाल भ्रमण गएको बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री गोकर्ण विष्टलाई भेटेर श्रम बजारको अवस्था भविष्यमा गर्नुपर्ने कामहरुबारे छलफल गरे ।’ बिना आधार मेरो फेसबुकबाट फोटो झिकेर समाचार बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
समाचार साभारका कारण भट्टराईलाई पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं । -शिखरन्युज सम्पादक
उनले खण्डन गरी शिखरन्युजलाई पठाएको पत्र यस्तो छ, 

प्रतिक्रिया