कुचो छोएको भन्दै दलित बच्चालाई कुटपिट
सारांश
- पर्वत, २६ असार ।
- कुचो छोएको भन्दै बच्चामाथि कुटपिट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
- बाथरुममा राखिएको कुचो छोएको भन्दै दलित बच्चालाई कुटपिट गर्ने पर्वतको फलेवास नगरपालिका ८ ठानामौलाकी मिना कुवँरलाई प्रहरीले पक्राउ गरेको हो ।
पर्वत, २६ असार । कुचो छोएको भन्दै बच्चामाथि कुटपिट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बाथरुममा राखिएको कुचो छोएको भन्दै दलित बच्चालाई कुटपिट गर्ने पर्वतको फलेवास नगरपालिका ८ ठानामौलाकी मिना कुवँरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी मिनामाथि जातिय विभेदविरुद्ध मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।
कुचो छोएको निहुमा आफ्नो छोरामाथि निर्घात कुटपिट गरेको भन्दै पीडित बच्चाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । डेरामा बसेर कस्मेटिक पसल संचालन गरिरहेकी मिनाले आफूमाथि लामो समयदेखि जातिय विभेद गर्दै आएको स्थानीय मनिसा रसाईली बिक बताउँछन् । धेरै पटक सहेको तर कुचो छोएको निहुमा बच्चालाई नै निर्घात कुटपिट गरेपछि उजुरी दिन बाध्य भएको उनले बताईन्
मिनाले आफू बारीमा काम गरिरहेको बेला बच्चाले समान छोएको भन्दै कुटपिट गर्नुको साथै सामाजिक र व्यक्तिगत प्रतिस्ठामा आघात पुग्नेगरी दुर्व्यवहार र जातिय विभेद गरेको मनिसाले उजुरीमा बताएकी छन् । मिनाले लामो समयदेखि विभेद गर्दै आएको तर आफूले एउटै घरमा बसेकोले नराम्रो गर्नु हुँदैन भनेर सहेदै आएको मनिसाले बताईन् । मिना र मनिसाको परिवार एउटै घरमा भाडामा बस्दै आएका छन् ।
प्रतिक्रिया