कश्मीरमा मारिए गोर्खा सैनिक नेपाली युवा अर्जुन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कश्मीरमा मारिए गोर्खा सैनिक नेपाली युवा अर्जुन

सारांश

  • काठमाडौं।
  • भारतको जम्मू कश्मीरमा मंगलबार भएको आक्रमणमा परी गोर्खा सेनामा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ।
  • जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आतंकवादी हमलामा नेपाली नागरिक भारतीय सेनाका जवान अर्जुन थापामगर मारिएको भारतीय सेनाले जनाएको छ।

काठमाडौं। भारतको जम्मू कश्मीरमा मंगलबार भएको आक्रमणमा परी गोर्खा सेनामा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ। जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आतंकवादी हमलामा नेपाली नागरिक भारतीय सेनाका जवान अर्जुन थापामगर मारिएको भारतीय सेनाले जनाएको छ।

भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले बुधबार जानकारी दिएका छन्। अर्जुन गोरखाका हुन्। महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि निधन भएको छ । थापा र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले प्रशंसा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?