दाङको राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
१९ पटक हेरिएको
Shares
दाङको राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी

सारांश

  • दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
  • यस वडाको अध्यक्षमा माओवादीका श्यामबहादुर रोका विजयी भएका हुन् ।
  • रोकाले एमालेका राजेन्द्र चौधरी र काँग्रेसका सन्तराम चौधरीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । यस वडाको अध्यक्षमा माओवादीका श्यामबहादुर रोका विजयी भएका हुन् ।

रोकाले एमालेका राजेन्द्र चौधरी र काँग्रेसका सन्तराम चौधरीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् । एमालेका राजेन्द्र चौधरी र काँग्रेसका सन्तराम चौधरीलाई पछि पार्दै, नेकपा माओवादी केन्द्रका उम्मेदवार रोकाले ५ सय ८० मत प्राप्त गरि विजयी भएका हुन ।

त्यसैगरी माओवादी केन्द्रबाट दिलमती वलीले ५ सय ६९, सन्ध्या नेपालीले ५ सय ६४, दिपेश चौधरीले ५ सय ४३ र नेत्रबहादुर खत्रीले ५ सय ५३ मत प्राप्त गरि विजयी भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?