सफा हिमाल अभियान टोलीद्वारा सगरमाथा र ल्होत्से हिमालको आरोहण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २९, २०७९
|
|
३५ पटक हेरिएको
Shares
सफा हिमाल अभियान टोलीद्वारा सगरमाथा र ल्होत्से हिमालको आरोहण

सारांश

  • सफा हिमाल अभियान २०२२’ टोलीले सगरमाथा र ल्होत्से हिमालको आरोहण गरेको छ ।
  • सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई तथा मौसम पूर्वानुमानलाई मध्यनजर गरि नेपाली सेनाका सदस्यहरुले उक्त हिमालहरु आरोहण गर्ने योजना अनुरुप बिहीबार सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् ।
  • यस्तै नेपाली सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले आजै ल्होत्से हिमालको सफलतापूर्वक आरोहण सम्पन्न गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सफा हिमाल अभियान २०२२’ टोलीले सगरमाथा र ल्होत्से हिमालको आरोहण गरेको छ । सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई तथा मौसम पूर्वानुमानलाई मध्यनजर गरि नेपाली सेनाका सदस्यहरुले उक्त हिमालहरु आरोहण गर्ने योजना अनुरुप बिहीबार सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् ।

यस्तै नेपाली सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले आजै ल्होत्से हिमालको सफलतापूर्वक आरोहण सम्पन्न गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?