भारत प्रस्थान भए पूर्वप्रधानमन्त्री खनाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
२७ पटक हेरिएको
Shares
भारत प्रस्थान भए पूर्वप्रधानमन्त्री खनाल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन् ।
  • भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन् ।

भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडा छन्। प्रतिनिधिमण्डलको दुई दिनको कार्यक्रम सकेर काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?