१० वर्ष कान्छोसँग प्रियंका चोपडाको विहे डिसेम्बर २ मा !
सारांश
- बलिउड फिल्म उद्योगमा अहिले कि त मिटुको चर्चा छ कि त प्रियंका चोपडाको विहेको ।
- आफुभन्दा १० वर्ष कान्छो अमेरिकी युवकसँग प्रेम सम्बन्ध रहेकी प्रियंकाको प्रेम प्रसंगको चर्चा चलेको लामो समय भयो ।
- धेरैले उनीहरुको जोडी विवाहसम्म पुग्लान भन्नेमा आशंका व्यक्त गर्थे ।
बलिउड फिल्म उद्योगमा अहिले कि त मिटुको चर्चा छ कि त प्रियंका चोपडाको विहेको । आफुभन्दा १० वर्ष कान्छो अमेरिकी युवकसँग प्रेम सम्बन्ध रहेकी प्रियंकाको प्रेम प्रसंगको चर्चा चलेको लामो समय भयो । धेरैले उनीहरुको जोडी विवाहसम्म पुग्लान भन्नेमा आशंका व्यक्त गर्थे । तर सबैको अनुमान विपरित उनीहरुले इन्गेजमेन्ट गरेर विहेको पक्का गरिसकेका छन् । स्मरण रहोस प्रियंका ३६ वर्षकी भइन् भने निक भरखरै २६ वर्ष पुग्दैछन् ।
अमेरिकी गायक तथा संगीतकार निक जोन्स र बलिउड बाला प्रियंका पछिल्लो रिपोर्ट अनुसार डिसेम्बर २ मा विहे गर्दैछन् । उनीहरुले जोधपुरमा रहेको उम्मेद भवनमा सात फेरा लिने तयारी गरिरहेका छन् ।
बिहे भारतीय रितिरिवाज अनुसार गरिने भएको छ । विहेको कार्यक्रम ३ दिनसम्म चल्नेछ । वैवाहिक कार्यक्रम नोभेम्बर ३० देखि सुरु हुनेछ । विवाहमा बलिउडमा ठूला ठूला हस्ति उपस्थित हुने छन् ।
कुनै समय प्रियंका र निकको सम्बन्धको बारेमा सञ्चारमाध्यमबाट गरिने प्रश्न सुन्ने बित्तिकै रिसले आगो हुने प्रियंकाकी आमा मधु चोपडा समेत अहिले हुनेवाला ज्वाई निकको प्रशंसा गर्न थालेकी छन् । उनी निक शान्त र परिपक्व रहेको बताउँछिन् । परिवारका सबैले निकलाई मन पराउने र निकले पनि प्रियंकाको परिवारका सदस्यलाई खुबै सम्मान दिने गरेको आमा मधु भन्छिन् ।
सुरुमा यो विहे नहोस् भन्ने चाहे पनि अहिले छोरीको इच्छा माथि हस्तक्षेप गर्ने पक्षमा आफु नरहेको आमा मधुको भनाई छ । अगष्ट १८ मा भएको इन्गेजमेन्टमा प्रियंकालाई २ लाख अमेरिकी डलर अर्थात १ करोड ४० लाख भारतीय रुपैयाँको औठी लगाइ दिएका छन् ।
प्रतिक्रिया