तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’

सारांश

  • नवराज भण्डारी प्रवासमा रहेर पनि आफ्नो कला संस्कृतिलाई माया गर्नुहुने तुलसी राना मगर र अर्जुन जिसीको मार्मिक गीत बजारमा आउने तयारीमा छ ।
  • आफ्नो दुःख पिडालाई सरल र सहज रुपमा शब्द, लय गरि मन छुने गीतको निर्माण गरेका छन् ।
  • घरमा आफ्नो परिवारसँग सुख र शान्ति तरिकाले जीवन बिताउन गाह्रो भएर धन कमाउने सपना बोकी परदेशकिो खाडीमा जानुपरेको बाध्यतालाई शब्दमा उतारिएको छ ।

नवराज भण्डारी

प्रवासमा रहेर पनि आफ्नो कला संस्कृतिलाई माया गर्नुहुने तुलसी राना मगर र अर्जुन जिसीको मार्मिक गीत बजारमा आउने तयारीमा छ ।

आफ्नो दुःख पिडालाई सरल र सहज रुपमा शब्द, लय गरि मन छुने गीतको निर्माण गरेका छन् । घरमा आफ्नो परिवारसँग सुख र शान्ति तरिकाले जीवन बिताउन गाह्रो भएर धन कमाउने सपना बोकी परदेशकिो खाडीमा जानुपरेको बाध्यतालाई शब्दमा उतारिएको छ ।

‘निष्ठुरी गरिनौं केही वास्ता, खाडी मुलुक परदेशमा म बस्दा’ जस्ता मार्मिक शब्द रहेको सो गीतको छायांकन भर्खर सम्पन्न भएको यस गीतका गायक श्यामलाल कंडेल र गायिका मुना विसी हुन् ।

मार्मिक यस गीतलाई मन छुने कथामा सरल तरिकाले अहिलेका निकै व्यस्त निर्देशक प्रबिन थापाले निर्देशन गरेका छन् भने छायांकन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

गीतको सम्पादन पनि शक्ति प्रज्वल घिमिरेले नै गरेका छन् । यस गीतमा अभिनय भने आरएन पुडासैनी र तुलसी मगरको रहेको छ ।

यस गीतको बजार व्यवस्थापन मेलमिलाप डिजिटलले गरेको छ भने प्रोडक्सन म्यानेजर नवराज भट्टराई हुन् ।

(expertseoinfo.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?