पश्चिम सेती परियोजना: जनतालाइ किन भ्रममा पारिदैछ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
५० पटक हेरिएको
Shares
पश्चिम सेती परियोजना:  जनतालाइ किन भ्रममा पारिदैछ ?

सारांश

  • काठमाडाै, २४ जेठ ।
  • चीनको विदेश मन्त्रालयले पश्चिम सेती परियोेजना सम्पन्न गर्न चिनियाँ कम्पनी थ्री गर्जेजसँग भएको सम्झौता रद्द नभएको जनाएको छ।
  • सरकारले ल्याएको नयाँ बजेटमा ७५० मेघावाटको पश्चिम सेती आयोजना नेपाल आफैंले निर्माण गर्ने गरी केही बजेट छुट्टयाइएपछि यो परियोजना फेरि चर्चामा छ।

काठमाडाै, २४ जेठ । चीनको विदेश मन्त्रालयले पश्चिम सेती परियोेजना सम्पन्न गर्न चिनियाँ कम्पनी थ्री गर्जेजसँग भएको सम्झौता रद्द नभएको जनाएको छ।

सरकारले ल्याएको नयाँ बजेटमा ७५० मेघावाटको पश्चिम सेती आयोजना नेपाल आफैंले निर्माण गर्ने गरी केही बजेट छुट्टयाइएपछि यो परियोजना फेरि चर्चामा छ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भका क्रममा अन्तर्वार्तामा उर्जामन्त्री बर्षमान पुनले पनि पश्चिम सेती परियोजना नेपालले नै बनाउने गरी बजेट छुट्टयाइएको बताएका थिए।

फेरि चिनियाँ समाचार संस्था सिन्ह्वासँग मन्त्री पुनले परियोजना अगाडि बढाउन थ्री गर्जेज कम्पनी उत्सुक भए त्यसलाई निरन्तरता दिन सकिने बताएका थिए।

प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि यो परियोजनाबारे विभिन्न प्रश्न उठेपछि चीनको विदेश मन्त्रालयले चिनियाँ कम्पनीले नेपालसँग गरेको सम्झौता खारेज नभएको जनाएको हो।

बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले आफुले सुनेसम्म यो परियोजना थ्री गर्जेजले बनाउने सम्झौता खारेज नभएको बताइन।

‘यो व्यापारिक परियोजना हो’, हुवाले भनिन्, ‘यो परियोजनाको आर्थिक संभाव्यता र अन्य पक्षबारे चिनियाँ कम्पनीले नेपाली पक्षसँग छलफल गरिरहेको छ।’

बुधबार नै लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जारी गरेको विज्ञप्तीमा पश्चिम सेती परियोजनाको आर्थिक संभाव्यताका विषयमा थ्री गर्जेजले गरेको पत्राचार बोर्डमा विचारधिन अवस्थामा रहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
मलेसिया कामदार पठाउन रोक लगाउनुपर्ने माग…
मलेसिया कामदार पठाउन रोक लगाउनुपर्ने माग…
दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी
दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
PM asks people to use public transport, save fuel costs
सरकार र विप्लव समूह बीचको वार्ता के हुँदैछ ?
सरकार र विप्लव समूह बीचको वार्ता के हुँदैछ ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा