मालारानी गाउँपालिकामा एमालेकाे सुरुवाती अग्रता
सारांश
- बुटवल।
- अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ।
- वडा नम्बर १ मा गणना भएको २०० मतमध्ये एमालेले अध्यक्षमा १०१ मत पाएको छ भने गठबन्धनका उम्मेदवारले ५५ मत पाएका छन्।
बुटवल। अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ। वडा नम्बर १ मा गणना भएको २०० मतमध्ये एमालेले अध्यक्षमा १०१ मत पाएको छ भने गठबन्धनका उम्मेदवारले ५५ मत पाएका छन्।
उपाध्यक्षमा एमालेले १०४ मत पाउदा गठबन्धनका उम्मेदवारको ५१ मत छ। वडाध्यक्षमा एमाले उम्मेदवारको १०२ र गठबन्धनका उम्मेदवारको ५७ मत छ। मालारानी गाउपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चा सहितको गठबन्धन भएको छ भने एमाले एकल प्रतिस्पर्धामा रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया