नेपालमा लगानी गर्न चीनले देखायो बढि चासो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
३३ पटक हेरिएको
Shares
नेपालमा लगानी गर्न चीनले देखायो बढि चासो

सारांश

  • नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ ।
  • पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् ।
  • नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ ।

नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ ।

२०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका छन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो ।

भारतमै लगानीको प्रतिफल सुनिश्चितता बनेपछि भारतीय लगानीकर्ता स्वदेशमै केन्द्रित भएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यकारी सदस्य शशिकान्त अग्रवालका अनुसार भारतले पछिल्लो १० वर्षमा स्वदेशमै लगानीका लागि सुविधा दिएको छ ।

उनले भने, ‘भारतीय सरकारले निर्यातमा विभिन्न चरणमा अनुदान दिएको छ । साथै हरेक प्रान्तले आफूआफूबीच प्रतिस्पर्धा गरेका छन् । प्रान्त–प्रान्तबीच कसले बढी अनुदान दिने भन्ने प्रतिस्पर्धाले पनि नेपालमा भारतबाट आउने लगानीमा कम आएको हो ।’ नेपालमा हाइड्रो, पर्यटनबाहेक अन्य क्षेत्रमा विदेशी लगानीले प्राथमिकता नपाउनु अर्काे कारण भएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
लेउवा संघको निर्वाचनका लागि उमेदवारी दर्ता,भट्टराइ र धमला निर्विरोध
लेउवा संघको निर्वाचनका लागि उमेदवारी दर्ता,भट्टराइ र धमला निर्विरोध
भीषण आँधीपछि जापानमा सेना परिचालन
भीषण आँधीपछि जापानमा सेना परिचालन
प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
भारतीय दुतावासमा मनाइयो आइटेक दिवस
भारतीय दुतावासमा मनाइयो आइटेक दिवस
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पशुपतिको सुन ‘गायब’ स् ५६ वर्षमा जम्मा ९ किलो
ललितपुर महानगरपालिकाका सबै सेवा बन्द !
ललितपुर महानगरपालिकाका सबै सेवा बन्द !

तपाईंले छुटाउनुभयो कि?