अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ११, २०७७
|
|
२१ पटक हेरिएको
Shares
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न

सारांश

  • अनिच्छित गर्भहरू प्रायः फालिन्छन्।
  • तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन।
  • जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्।

अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्।

सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्। उनको गर्भमा ८ महिनाको बच्चा छ। कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन्। गर्भ रहेको डेढ महिनामा थाहा पाएपछि प्रेमीले स्वीकार गर्ने आश्वासन दिए। तर, त्यसको पाँचै महिनामा प्रेमी सम्पर्कविहीन भएपछि ती किशोरी तनावमा परिन्। उनी प्रेमीकै गाउँसम्म पुगिन्।

‘तर, अर्को बिहे गरेको थाहा पाएपछि समस्या भयो’, उनले भनिन्, ‘न फाल्न सकिन्छ न त जन्माएर पाल्न नै।’ फाल्नका लागि ज्यान जोखिममा पार्नुपथ्र्यो, पाल्दा समाजलाई जवाफ दिनुपथ्र्यो।

दुवै गर्न नसक्ने अवस्थामा आमासँगको सल्लाहपछि उनी इटहरीस्थित श्रमिक महिला साझा मञ्चको आपत्कालीन आवासगृहमा बसिरहेकी छन्। जिम्मा लिने भरपर्दा संस्था पनि नहुँदा जन्मिने बच्चा कुनै परिवारलाई दान गर्ने सोच बनाएको उनले बताइन्। ‘बच्चा नभएको परिवारलाई दिएर उज्यालो बनाइदिन्छु’, उनले भनिन्, ‘त्यसपछि म पढ्छु, काम गर्छु, केही गरेर देखाउँछु।’

आवासगृहमै बस्ने २८ वर्षीया एक महिलाले केही साताअघि बच्चा जन्माएर अस्पतालबाटै दान गरिन्। शारीरिक रूपमा अपांगता भएकी ती महिलाले जन्माएको बच्चाको बाबु पत्तो लागेन। उनले बच्चा पाल्न सक्ने अवस्था पनि रहेन।

यस्तै, स्कुले प्रेममा परी गर्भवती बनेकी एक १९ वर्षीया किशोरी पनि ११ महिनाकी छोरी अर्कै परिवारलाई दिन चाहन्छिन्। प्रेमी र परिवारले हेला गरेपछि उनले घर छाडेकी हुन्। आवासगृहमा बसिरहेकी उनले भनिन्,‘दिदीलाई बच्चा दिएर म विदेश जान्छु, कुरा गरिसकेकी छु।’

बच्चा पाल्न समस्या हुने आमाहरूको संख्या ठूलो छ। कमजोर आर्थिक अवस्थाका महिलाले छोराछोरीलाई अरूको घरमा काम गर्न राख्ने गर्छन्। तर, त्यसरी काम गर्न राखिएका बालबालिका भने दुव्र्यवहारमा समेत पर्छन्।

श्रीमान् र परिवारले हेला गरेर ९ वर्षअघि घरबारविहीन बनेकी ३३ वर्षीया एक महिलाले ८ वर्षकी छोरीलाई दिदीको घरमा काम गर्न राखेकी थिइन्। तर, भिनाजुले रक्सी खाएर छोरीलाई दुव्र्यवहार गरेको थाहा पाएपछि उनले फिर्ता ल्याइन्। उनी आवासगृहमै कर्मचारीका रूपमा काम गरिरहेकी समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?