बालकको अपहरणपछि हत्या, तीन पक्राउ…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ३०, २०७३
|
|
१४३ पटक हेरिएको
Shares
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…

सारांश

  • राजविराज, ३० मङ्सिर ।
  • सप्तरीको हरिपुर गाविसमा आठ वर्षीय बालकको अपहरणपछि हत्या गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
  • राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

राजविराज, ३० मङ्सिर । सप्तरीको हरिपुर गाविसमा आठ वर्षीय बालकको अपहरणपछि हत्या गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिवेश लोहनीले हरिपुर –३ निवासी रामगोविन्द साहका आठ वर्षीय छोरा दुर्गानन्दलाई छिमेकी २७ वर्षीय चूडामणि ठाकुरले मङ्सिर ११ गते खरायो देखाइदिने भन्दै अपहरण गरी आफ्नो घर लगेको प्रहरी अनुसन्धानबाट देखिएको बताउनुभयो ।

ठाकुरले अन्य सहयोगीसहित बालक दुर्गानन्दलाई सोही दिन राति मुख थुनेर हत्या गरी छिमेकी पन्नेलाल साहको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको बताइएको छ । अपहरण र हत्या गरेको छ दिनपछि ठाकुरले बालक दुर्गानन्दकी आमा ममतादेवीलाई मोबाइलमा म्यासेज पठाउँदै रु पाँच लाख फिरौती माग गरेको थियो । बालक हराएपछि आमा ममतादेवीले इप्रका कडरबोनामा मङ्सिर १२ गते जाहेरी दिएपछि अनुसन्धानमा जुटेका प्रहरीले कल डिटेल र आधुनिक प्रविधि प्रयोग गरी अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा हरिपुर –३ का चूडामणि ठाकुरसहित उनका सहयोगी वडा नं १ का सामबाबु गुप्ता र देउरी गाविस–२ का कपिलदेव दासलाई समेत अपहरण गरी हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको छ । शव सेफ्टी ट्याङ्कीबाट बरामद गरिएको थियो । कुहिएको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
न्यायाधीश जोशीका सबै काम खोसिए
न्यायाधीश जोशीका सबै काम खोसिए
‘औषधि’ खुवाएर अटोभित्रै बलात्कार
‘औषधि’ खुवाएर अटोभित्रै बलात्कार
रेडियो नेपाल र वडाबीच जग्गा भाडा विवाद
रेडियो नेपाल र वडाबीच जग्गा भाडा विवाद
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
एमाले र माओवादी पार्टी एकताको साइत वैशाख १० गते जुर्यो
एमाले र माओवादी पार्टी एकताको साइत वैशाख १० गते जुर्यो
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित

तपाईंले छुटाउनुभयो कि?