बामदेवमात्र हाेइन नारायणकाजी श्रेष्ठकाे पनि अावस्यक छ संसदमा: झलनाथ खनाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
बामदेवमात्र हाेइन नारायणकाजी श्रेष्ठकाे पनि अावस्यक छ संसदमा: झलनाथ खनाल

सारांश

  • काठमाडाै, २४ असाेज ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले गत वर्ष सम्पन्न चुनावमा पराजित बामदेव गौतमलाई उपचुनावमा जिताएर संसद छिराउने प्रक्रिया सुरु गरेको छ ।
  • यसबारे जनमानसमा विरोध सुरु भइसकेको छ ।

काठमाडाै, २४ असाेज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले गत वर्ष सम्पन्न चुनावमा पराजित बामदेव गौतमलाई उपचुनावमा जिताएर संसद छिराउने प्रक्रिया सुरु गरेको छ । यसबारे जनमानसमा विरोध सुरु भइसकेको छ । गौतमका लागि चुनाव लड्न काठमाण्डौ क्षेत्र नम्बर ७ बाट चुनाव जितेका रामवीर मानन्धरले राजिनामा दिएको घोषणा गरिसकेका छन् । यही विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका वरिष्ठ नेताझलनाथ खनालसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहका लागि गरिएको कुराकनीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पछिल्लो समय देशमा धेरै समस्या देखिएका छन् । सरकाभरले समाधान गर्न नसकेको हो ?
सरकार आफ्नै ढंगले चलिरहेको छ । समस्या समाधान हुन सकेन भनेर भन्ने कुरा सरकारलाई नै थाहा होला । कतिपय काम त राम्रै पनि गरिरहेको छ ।

तपाईहरुले सरकारको कामबारे प्रधानमन्त्री केपी ओलीलाई सोध्नुहुन्न ?
अब एउटा बैठक बसेर सबै कुरा गरौँला भन्ने सोचका छौँ । तर स्थायी कमिटिको बैठक परपर सरेको छ । दशैँ अगाडि बैठक नबस्ने परिस्थिती देखिएको छ । अब दशैँपछि बैठक बसेर सरकारको कामको समिक्षा गर्छौँ ।

काठमाण्डौ क्षेत्र नम्बर सातमा रामवीर मानन्धरले राजिनामा दिएर बामदेव गौतमलाई चुनाव लडाउन खोजिएको छ । किन ?

सचिवालय बैठकमा रामवीरले राजिनामा पत्र पठाउनुभएको थियो । त्यो पत्रको बारेमा हामीले छलफल गरेका छैनौँ । राजिनामा स्विकृत गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी छ । यसबारे प्रक्रिया पूरा भएको छैन ।

बामदेवलाई उपचुनावमा लडाउने बारे पार्टीले निर्णय गरेको होइन ?
अहिलेसम्म निर्णय गरेको छैन । छलफल गर्नं बाँकी नै छ ।

संसदमा बामदेव गौतमको आवश्यकता छ ?

आवश्यकता त किन छैन ? पार्टीका सबै नेताहरुको आवश्यकता हुन्छ । नारायणकाजी श्रेष्ठको आवश्यकता छ । जति साथीहरुले चुनाव हार्नुभयो सबैको आवश्यकता छ ।

उपनिर्वाचनलाई बेमौसमको बाजा भन्नेहरु पनि छन् । यो आवश्यक थियो ?

भन्नेहरुले भनिहाल्छन् नि । अब रामवीरको राजिनामा स्विकृत भयो भने उपनिर्वाचन हुन्छ ।

चुनाव हारेको व्यक्तिले पुनः चुनाव लडेर संसद बन्न मरिहत्ते गरेको भन्दै असन्तुष्टी देखिएको छ । पार्टीभित्र के छ अवस्था ?

यसबारेमा पार्टीमा औपचारिक प्रक्रिया अगाडि नबढेकाले असन्तुष्टीबारे केही भन्न सकिदैन । अलिअलि आलोचना त भइहाल्छ ।

तपाईको धारणा चाँही के हो ?
म बामदेवजीको विरोधमा छैन । चुनाव जितेर प्रतिनिधीसभामा आउनुभयो भने राम्रो हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
‘प्रचण्डले पार्टी छाडे’
‘प्रचण्डले पार्टी छाडे’
मंगलबार गणेशको पूजा गर्ने विधि र मन्त्र यस्तो छ
मंगलबार गणेशको पूजा गर्ने विधि र मन्त्र यस्तो छ
सरकारको कडा आलोचना गर्दै हिडेका भीम रावल एकाएक कसरी ओलीको पक्षमा पुगे ?
सरकारको कडा आलोचना गर्दै हिडेका भीम रावल एकाएक कसरी ओलीको पक्षमा पुगे ?
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने
चीनले बनाउने भयो कोरोनो भ्याक्सिन
अनौठो अफर: ‘घर किन्दा श्रीमती सित्तैमा ’
अनौठो अफर: ‘घर किन्दा श्रीमती सित्तैमा ’