रेडियो नेपाल र वडाबीच जग्गा भाडा विवाद
सारांश
- ललितपुर महानगरपालिका १५, खुमलटारस्थित ४२ रोपनी जग्गा भाडामा लगाउने विषयमा रेडियो नेपाल र वडा कार्यालयबीच विवाद चर्केको छ।
- विपद् व्यवस्थापनका लागि उक्त जग्गा खुला राख्न आग्रह गर्दा रेडियोले पहिल्यै भाडामा लगाउने निर्णय भइसकेकाले बदर गर्न नसकिने जवाफ दिएपछि वडा कार्यालय रुष्ट बनेको हो।
- रेडियोको उक्त जग्गामा ०७२ साल वैशाख १२ को भूकम्पपछि स्थानीयले आ श्रयस्थल बनाएका थिए।
ललितपुर महानगरपालिका १५, खुमलटारस्थित ४२ रोपनी जग्गा भाडामा लगाउने विषयमा रेडियो नेपाल र वडा कार्यालयबीच विवाद चर्केको छ। विपद् व्यवस्थापनका लागि उक्त जग्गा खुला राख्न आग्रह गर्दा रेडियोले पहिल्यै भाडामा लगाउने निर्णय भइसकेकाले बदर गर्न नसकिने जवाफ दिएपछि वडा कार्यालय रुष्ट बनेको हो। रेडियोको उक्त जग्गामा ०७२ साल वैशाख १२ को भूकम्पपछि स्थानीयले आ श्रयस्थल बनाएका थिए। रेडियोले जग्गा भाडामा लगाउने निर्णय गरेपछि स्थानीयले समेत आपत्ति जनाएका छन्।
वडा १५ का अध्यक्ष सुदर्शन मि श्रका अनुसार कानुनमा स्थानीय तहको अनुमति नलिई कुनै निर्णय गर्न नसकिने प्रावधान छ। यद्यपि, रेडियो नेपालले सम्बन्धित वडासँग कुनै सहकार्य नगरको दाबी उनको छ। उनले भने, ‘रेडियो नेपालले कानुनी प्रक्रिया पूरा गरेको छैन, कानुनी रूपमा त्रुटि गरेको छ।’
रेडियोले वडासँग अनुमति नलिएको र निजी कम्पनीलाई न्यून दरमा भाडामा दिएको उनले बताए। ‘उक्त जग्गामा केही महिनापहिले भाडामा लिएर संरचना बनाउन आएका ठेकेदार कम्पनीको औजार नगर प्रहरी बलको सहायतामा वडाले जफत गरेको थियो’, उनले भने।
चलानी नम्बर ५१७ मार्फत मूल सडकको उत्तरतर्फ रहेको खुमलटार ट्रान्समिटिङ स्टेसनको ४२ रोपनी जग्गा, रेडियो सञ्चालन समितिको निर्णयअनुसार भाडामा दिइसकेको र उक्त जग्गा खुला राख्न असमर्थ रहेको जवाफ रेडियोले वडालाई कात्तिकमै पठाएको थियो। रेडियो नेपालका सूचना अधिकारी बुद्धिबहादुर केसीले भाडावालसँग गरिएको सम्झौता खारेज नभएको र अहिलेसम्म कुनै निर्णय भइनसकेको जानकारी दिए।
रेडियोको जवाफपछि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अख्तियार, स्थानीय विकास मन्त्रालयलगायतलाई भाडा सम्झौता रद्द गरेर हालको अवस्थामा खुला राख्न पत्राचार गरिसकेको वडाध्यक्ष मि श्रले बताए।
सरकारी क्षेत्रभन्दा अन्य क्षेत्रलाई कुनै प्रयोजनका लागि भाडामा दिन नमिल्ने प्रावधानको बेवास्ता गर्दै विभिन्न निजी कम्पनीलाई लिजमा दिएपछि रेडियोको एक सय ६० रोपनीमध्ये ४२ रोपनी वडाले खुला राख्न अनुरोध गरेको मि श्रले जानकारी दिए। तर, सो जग्गा ‘कुबेर ज्ञान हाउजिङ कम्पनी’ लाई भाडामा दिइएको छ। रेडियोका सूचना अधिकारी केसीका अनुसार उक्त कम्पनीले प्रतिरोपनी प्रतिमहिना ४१ हजार ५१ रुपैयाँ दिने र वार्षिक १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको छ। ‘यो जग्गा ३० वर्षका लागि भाडामा दिने सहमति भइसकेको छ’, उनले भने। तर, सरकारी दरअनुसार ४२ रोपनीको प्रतिमहिना करिब २० लाख भाडा तिर्नुपर्ने महानगरको राजस्व विभागले जनाएको छ।
त्यस्तै, दक्षिणतिरको १० रोपनी जग्गा ०७३ जेठ १ मा ‘इन्फ्राटेक कम्पनी’ लाई प्रतिमहिना ३५ हजार रुपैयाँ दरले भाडामा लगाएको छ। पाँच रोपनी जग्गा ‘जियो अटोमोबाइल कम्पनी’ लाई ०७३ जेठ १ मा प्रतिमहिना ३५ हजारको दरले १० वर्षका लागि भाडामा लगाइएको देखिन्छ। ‘गणपति तथा भेनियर प्लाइउड उद्योग’ लाई ०७३ पुस २५ देखि लागू हुनेगरी दुई रोपनी जग्गा प्रतिमहिना ३५ हजारको दरले भाडामा दिइएको थियो।
सशस्त्र प्रहरीको दक्षिणकाली गणले २५ रोपनी भाडामा लिएको भए पनि करिब ४० रोपनी जग्गा उपभोग गर्दै आएको छ। रेडियोले भाडामा लगाउन जेजस्तो निर्णय गरेको भए पनि उक्त स्थान विपदको बेला प्रयोग गर्न पाऊँ भनी खुला राख्न गरेको आग्रहको हालसम्म कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ।
प्रतिक्रिया