डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १६, २०७९
|
|
२३ पटक हेरिएको
Shares
डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने

सारांश

  • हिमाली जिल्ला डोल्पा विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिँदै छ ।
  • असार मसान्तसम्म राष्ट्रिय प्रशारण लाइनसँग जोड्नका लागि तीनवटा ठाउँबाट कार्य भइरहेको छ ।
  • डोल्पाको त्रिपुराकोट स्थित शव–स्टेशनमा विद्युत पुर्याएर अन्य पालिकाहरुमा विद्युतीकरणको लागि तिव्र गतीमा काम अघि बढीरहेको छ ।

हिमाली जिल्ला डोल्पा विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिँदै छ । असार मसान्तसम्म राष्ट्रिय प्रशारण लाइनसँग जोड्नका लागि तीनवटा ठाउँबाट कार्य भइरहेको छ ।

डोल्पाको त्रिपुराकोट स्थित शव–स्टेशनमा विद्युत पुर्याएर अन्य पालिकाहरुमा विद्युतीकरणको लागि तिव्र गतीमा काम अघि बढीरहेको छ । विद्युत प्राधिकरणको प्रदेश कार्यालयका अनुसार रुकुम पश्चिमको गोतामकोट, जाजरकोट, र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रशारण लाइनको काम धमाधम चलिरहेको छ ।

कर्णालीका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेश प्रसाद सिंहले डोल्पामा तत्काल विद्युत पु¥याउन निर्देशन समेत दिएका छन् । उनले भने,‘ कामको विवरण प्रत्येक महिना पेस गर्न भनिएको छ । कामलाई तोकिएकै समयमा सम्पन्न गर्नका लागि युद्धस्तरमा लाग्न समेत निर्देशन दिइरहेको छु ।’

बुधबार नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालय, ठूलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोट स्थित शव–स्टेशनबाट विद्युत लिनका लागि बोलपत्र आव्हवान गरिसकिएको छ ।

त्रिपुरोकोट शव–स्टेशनमा विद्युत पुग्ने बित्तिकै पालिकामा विद्युत पुर्याउने भन्दै कामलाई अघि बढाइएको छ । दुई वर्षदेखि डोल्पामा विद्युत पुर्याउने भन्दै ठेक्का लागेपनि काममा भएको ढिलासुस्तीमा कारण समयमा काम हुन सकेको थिएन ।

कामलाई तिव्रता दिनका लागि व्यवहार मुखी गति हुनुपर्छ,’मन्त्री सिंहले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?