गाइजात्रादेखि कमेडी च्याम्पियन सुरु हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
३२ पटक हेरिएको
Shares
गाइजात्रादेखि कमेडी च्याम्पियन सुरु हुने

सारांश

  • गाईजात्राको अवसर पारेर आउँदो भदौदेखि कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी कार्यक्रम ‘कमेडी च्याम्पियन’ प्रशारण हुने भएको छ ।
  • प्रतिष्पर्धात्मक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो ।
  • कार्यक्रमका निर्देशक विशाल भण्डारीका अनुसार यो प्रतियोगितामा अग्रज हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन् ।

गाईजात्राको अवसर पारेर आउँदो भदौदेखि कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी कार्यक्रम ‘कमेडी च्याम्पियन’ प्रशारण हुने भएको छ । प्रतिष्पर्धात्मक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो ।

कार्यक्रमका निर्देशक विशाल भण्डारीका अनुसार यो प्रतियोगितामा अग्रज हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन् । कुनै पनि बिदेशी हास्य कार्यक्रमको फ्रेञ्चाइज नभएको दावी निर्देशक भण्डारीले बताए । प्रतियोगितामा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्याम्पियनको एप्स डाउनलोड गरी सम्पादन नगरिएको ३ मिनेटको स्ट्याण्ड अप कमेडी भिडियो पठाउनु पर्नेछ ।

नेपालबाट सहभागि हुनेले ३ मिनेट र नेपालबाहिरबाट ५ मिनटको भिडियो एप्समार्फत आयोजकलाई पठाउनु पर्नेछ । यसरी सहभागिले पठाएका भिडियोमार्फत निर्णयकले छनौट गरेका उत्कृष्ट प्रतिभाहरुले विभिन्न शहरमा हुने अडिसनमा सहभागि हुने अवसर पाउनेछन् ।

अडिसनबाट चयन भएकाहरु मध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हँुदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि निर्देशक भण्डारीले जानकारी गराए । उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्याम्पियन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन ।

यो कार्यक्रमको सञ्चालन अभिनेत्री रिमा विश्वकर्मा रहने छिन् । सान थापा लेखक रहेको कार्यक्रममा अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया निर्माता रहेका छन् । निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कसैलाई मानहानी नहुने गरी उच्चस्तरको स्ट्याण्डअप कमेडी कार्यक्रम निर्माण गर्ने बताइन् ।

हास्यब्यंग्य कलाकार एवम् निर्णायक सन्तोष पन्तले आफुहरुको पालामा भन्दा अहिले कमेडी सेन्स दर्शक र कलाकारमा धेरै बढेको बताए ।

अर्का निर्णायक मनोज गजुरेलले अहिलेको पुस्ताको चाहना अनुसारको कमेडी कार्यक्रम बन्ने विश्वास व्यक्त गरे । निर्णायक एवम् अभिनेत्री ऋचा शर्माले पनि नेपाली स्ट्यान्डप कमेडीमा यो पहिलो नम्बरको कार्यक्रम बन्ने बताईन् । अर्का निर्णायक प्रदीप भट्टराईले यो कार्यक्रममा धेरै राम्रा कमेडियन जन्मिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?