पाकिस्तान नियन्त्रित काश्मिरमा सोह्रको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
पाकिस्तान नियन्त्रित काश्मिरमा सोह्रको मृत्यु

सारांश

  • २९ पुस ।
  • पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
  • अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका छन् ।

२९ पुस । पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका छन् ।

पछिल्लो २४ घण्टामा भएका घटनामा परी उनीहरुको मृत्यु तथा बेपत्ता भएको मुजाफरवादका आयुक्त इम्तीयाज अहमदले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म कम्तीमा दश जना बेपत्ता भएका विवरणहरु प्राप्त भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले बताएका छन् ।

मृत्यु भएका मध्ये अधिकांशको पाकिस्तान नियन्त्रित काश्मिरमा पर्ने निलम उपत्यकामा रहेका जनाइएको छ । दर्जनौ घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको आयुक्त अहमदले जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत बर्षासम्वन्धी विभिन्न घटनाहरु भएको पनि उनले बताए । लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थीहरु पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरु मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अरु घाइते भएका थिए ।

त्यस्तै घटना अन्य ठाउँहरुमा पनि भएका छन् । डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घटनामा परी अरु ६ जनाको मृत्यु भएको छ । त्यहाँ घरमै हिमपहिरो खसेको थियो । पहिरोले च्यापिएका अन्य स्थानीयको उद्धार कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट
महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ
तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
ट्याक्सी मिटरमा जान मानेनन् ! यसो गर्नुस्…
ट्याक्सी मिटरमा जान मानेनन् ! यसो गर्नुस्…
संविधानभित्र रहेर जनमत संग्रह गर्न सबै तयार हुनुपर्छ : डा. लोहोनी
संविधानभित्र रहेर जनमत संग्रह गर्न सबै तयार हुनुपर्छ : डा. लोहोनी
झुठो समाचार लेखेको भन्दै पत्रकार पक्राउ
झुठो समाचार लेखेको भन्दै पत्रकार पक्राउ
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

तपाईंले छुटाउनुभयो कि?