विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
३१ पटक हेरिएको
Shares
विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

सारांश

  • काठमाडौँ, १ भदौ ,।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ ।
  • आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिएका छन् ।

काठमाडौँ, १ भदौ ,।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिएका छन् । यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा ९माओवादी केन्द्र(निकट अनेरास्ववियु )क्रान्तिकारी नाम रहेका थिए ।

उक्त विद्यार्थीको नाम अङ्ग्रेजीमा भने ब्िि ल्भउब िल्बतष्यल क्ष्लमभउभलत क्तगमभलतक ग्लष्यल’ रहनेछ । नेतृत्वमा अझै सहमति हुन सकेको छैन । नयाँ बन्ने सङ्गठनको नेतृत्वका लागि अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जीत तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली दाबेदार रहेका छन् ।

क्रान्तिकारीका अध्यक्ष तामाङले भोलिसम्म नेतृत्व टुङ्ग्याएर नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउने बताए । केन्द्रीय कमिटीमा पनि ४९९ राख्ने सहमति भएको छ । केन्द्रीय कमिटीमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने सहमति भएको छ ।

कार्यदलले विधान र राजनीतिक तथा शैक्षिक विषयमाथि थप अध्ययन गर्ने भएको छ । विधानका लागि अनेरास्ववियुका अध्यक्ष लामा र क्रान्तिकारीका तामाङ तथा राजनीतिक र शैक्षिक विषयका लागि अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेल र किशोरविक्रम मल्ल तथा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई जिम्मा दिइएको छ ।

नेकपाको अर्को भ्रातृ सङ्गठन युवा सङ्गठनको युवा सङ्घ नेपाल र योङ कम्युनिष्ट लिग ९वाइसिएल० अझै एकताको खाका टुङ्गिएको छैन । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले नाम, नेतृत्व र केन्द्रीय कमिटीमा रहेने सदस्यको नाम अझै नटुङ्गिएको बताए । उहाँले छलफलकै क्रममा रहेकाले भोलिसम्म नाम, नेतृत्व र केन्द्रीय कमिटीको सङ्ख्यामा सहमति गरिने जानकारी गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
जिल्ला संघ अध्यक्षले कृषि सहकारी संघका अध्यक्षलाइ हातपात गरेपछि…
जिल्ला संघ अध्यक्षले कृषि सहकारी संघका अध्यक्षलाइ हातपात गरेपछि…
Windscribe Review – A Look at Fast Email Preventing Software
पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घट्यो !!! (नयाँ मुल्य सुची सहित)
पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घट्यो !!! (नयाँ मुल्य सुची सहित)
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
Contribution of agriculture in GDP plummeting constantly
Contribution of agriculture in GDP plummeting constantly
सरकार विस्तारमा एक साता बित्दासमेत गृहमा गाँठो
सरकार विस्तारमा एक साता बित्दासमेत गृहमा गाँठो
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?
रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?

तपाईंले छुटाउनुभयो कि?