सिंहदरवार गेटमा सुरक्षा कडाइ, आजदेखि ग्यासका सिलिण्डर सिहदरवार भित्र लैजान रोक
सारांश
- काठमाडौँ ।
- आजदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लैजान नपाइने भएको छ ।
- सरकारले भदौ १ गतेबाट सिंहदरवारभित्र खाना पकाउने प्रवेशमा रोक लगाएको छ ।
काठमाडौँ । आजदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लैजान नपाइने भएको छ । सरकारले भदौ १ गतेबाट सिंहदरवारभित्र खाना पकाउने प्रवेशमा रोक लगाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।
बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयले आदेश छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया