रियल म्याड्रिडलाई धक्का, एट्लेटिकोसँग अंक बाँड्यो
सारांश
- रियल म्याड्रिडको स्पेनिस ला लिगामा प्रमुख प्रतिद्वन्दी बार्सिलोनासँग स्पष्ट ५ अंकको अग्रता राख्ने अभियानमा गम्भीर धक्का लागेको छ।
- शनिवार राती म्याड्रिड डर्बीको खेलमा एट्लेटिकोले रियललाई उसैको घरमा १–१ गोलको बराबरीमा रोकेको छ।
- टोनी क्रुजको फ्रिकिकमा टाउकोले गोल गरेका पोर्चुगिज डिफेन्डर पेपेले रियललाई ५२ मिनेटमा अग्रता दिलाएका थिए।
रियल म्याड्रिडको स्पेनिस ला लिगामा प्रमुख प्रतिद्वन्दी बार्सिलोनासँग स्पष्ट ५ अंकको अग्रता राख्ने अभियानमा गम्भीर धक्का लागेको छ। शनिवार राती म्याड्रिड डर्बीको खेलमा एट्लेटिकोले रियललाई उसैको घरमा १–१ गोलको बराबरीमा रोकेको छ।

टोनी क्रुजको फ्रिकिकमा टाउकोले गोल गरेका पोर्चुगिज डिफेन्डर पेपेले रियललाई ५२ मिनेटमा अग्रता दिलाएका थिए। तर, आफ्नो क्लबमा भित्र्याउने गोप्य अभियानमा रहेको रियलविरुद्ध आन्टोन ग्रिजमनले ८५ मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याए।
ग्रिजमनको स्पेनिस ला लिगामा १५ औं गोल थियो। उनी यो सिजन ला लिगामा गोल गर्ने अभियानमा पाँचौ नम्बरमा छन्।
रियल लिगको ३० खेलमा ७२ अंकका साथ शीर्ष स्थानमा छ। शनिवार राती (नेपाली समयअनुसार विहान) हुने अर्को खेलमा बार्सिलोनाले मालागालाई जितेको खण्डमा गोलअन्तरको आधारमा रियलभन्दा माथि उक्लिने छ।
प्रतिक्रिया