नेपाल भर्सेस यमन- 02:40 बजे सम्मको अपडेट
सारांश
- समय 02:40- २४ औ मिनेटको खेल सकिँदा नेपाल ० यमन ० समय 02:38- यमनका वाहिद महमम्दले भरत खवासमाथि फाउल गरेपछि नेपालले फ्रि किक पाएको छ ।
- विशालराई को फ्रिकिकमा अनन्त तामाङले गरेको हेडिङ पोष्ट बाहिर गएको छ ।
- समय 02:37- सहायक कोच राजु शाक्यले बेञ्चबाट बाहिर आएर खेलाडीहरूलाई निर्देशन दिँदै छन् ।
समय 02:40- २४ औ मिनेटको खेल सकिँदा नेपाल ० यमन ०
समय 02:38- यमनका वाहिद महमम्दले भरत खवासमाथि फाउल गरेपछि नेपालले फ्रि किक पाएको छ । विशालराई को फ्रिकिकमा अनन्त तामाङले गरेको हेडिङ पोष्ट बाहिर गएको छ ।
समय 02:37- सहायक कोच राजु शाक्यले बेञ्चबाट बाहिर आएर खेलाडीहरूलाई निर्देशन दिँदै छन् ।
समय 02:35- यमनका स्ट्राइकर अहमद नबिल आजको खेलमा प्रभावशाली देखिएका छन् । भर्खरै मात्र उनले हेडिङ गरेर गोल गर्ने प्रयास गरेका छन् ।
समय 02:33- दुवै टोली आक्रमण गर्ने भन्दा पनि पोजसन बचाउने रणनितिमा लागेको देखिएको छ ।
समय 02:33- सन् २०१४ बाट लिग नभएको यद्ध ग्रस्त यमनाका खेलाडीहरुको खेलमा लय भने देखिएको छैन ।
समय 02:32- फिफा वरियतमा यमन नेपाल भन्दा ४५ स्थान माथि छ । यमनलका खेलाडीहरु शारीरिक रुपमा पनि बलिया देखिन्छन् ।
समय 02:31- अहिलेसम्म यमनले नेपाली पोष्टमा २ पटक दरिलो आक्रमण गरिसकेको छ । दुवै पटक गोलकिपर चेमजोङले उत्कृष्ट रक्षण गरेका थिए ।
समय 02:30- १३औ मिनेटमा भरत खवासको लेफ्ट फुटेड सट क्रसबार नजिकैबाट बाहिरिएको थियो ।
समय 02:29- अहिलेसम्म नेपाले बलियो आक्रमण गर्न सकेको छैन ।
समय 02:28- १२औ मिनेटमा यमनका मोहमम्द नबिलको प्रहार किरण चेमजोङले उत्कृष्ट बचाव गरेका छन्
समय 02:28- यमनको गोलको नजिक थियो ।तर, किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका छन् ।
समय 02:27- ७ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने मौका गुमाएका थिए ।
समय 02:26 – नेपाली टोलीले आज भने सकेसम्म एयरबल नखेल्ने रणनिति बनाएको देखिन्छ ।
अहमद नबिल ५ मिनेटमा गरेको प्रहार किपर चेमजोङले बचाएका छन् ।
प्रतिक्रिया