यसरी भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको टुङ्गो
सारांश
- काठमाडौं, २९ माघ ।
- चिरप्रतिक्षाको विषय बनेको एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको विषय टुङ्गोमा पुगेको छ ।
- केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड” दुबै एकीकृत पार्टीको अध्यक्ष हुने, प्रधानमन्त्री आलोपालो चलाउने र नामचाहिँ नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएसँगै पार्टी एकताको विषय औपचारिक घोषणा हुनमात्रै बाँकी रहेको बताइएको छ ।
काठमाडौं, २९ माघ । चिरप्रतिक्षाको विषय बनेको एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको विषय टुङ्गोमा पुगेको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड” दुबै एकीकृत पार्टीको अध्यक्ष हुने, प्रधानमन्त्री आलोपालो चलाउने र नामचाहिँ नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएसँगै पार्टी एकताको विषय औपचारिक घोषणा हुनमात्रै बाँकी रहेको बताइएको छ ।
दुई पार्टीका नेताहरुको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै पार्टी एकताको विषयले फड्को मारेको हो । पदीय बाँडफाँडको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने बताइएको छ ।
ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो । दुई नेताले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको माओवादीनिकट स्रोतले बताएको छ ।
अध्यक्षद्वय ओली र दाहालबीच फेरि एक चरण छलफल हुने बताइएको छ । विशेषतः दुई पार्टीबीच एकताका लागि पदीय भागवण्डा पेचिलो विषय बनेको थियो । यसअघि दुई अध्यक्षबीच पटकपटक भेटघाट र छलफल भए तापनि ठोस निष्कर्ष भने निस्केको थिएन । दुई अध्यक्षबीच छलफल र पार्टी एकता संयोजन समितिको पटकपटक बैठक बसे तापनि विगतका छलफलहरु विशेषतः राष्ट्रियसभा तथा समानुपातिकतर्फका उम्मेदवारहरुको चयन र दुई पार्टीबीचको भागवण्डामा केन्द्रित रहेका थिए ।
निर्वाचनअघि असोज १७ एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको टुङ्गो लागेको थियो । निर्वाचनअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने उद्घोषसहित वाम गठबन्धनको घोषणा गरिएको थियो । त्यतिबेला नै पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने भद्र सहमति भएको बताइएको छ । सोही सहमति कार्यान्वयन गर्न दुबै अध्यक्ष राजी भएका हुन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा र राष्ट्रियसभामा समेत चुनावी तालमेल गरेका कारण प्रतिनिधिसभा र राष्ट्रियसभामा वाम गठबधनको बहुमत छ । सातै प्रदेशमा मुख्यमन्त्री समेत दुई दलले भागवन्डा गरिसकेका छन् । जसअनुसार प्रदेश १, ३, ४, ५ एमालेबाट मुख्यमन्त्री बन्दैछन् भने प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्रीको नेतृत्व गर्दैछ । निर्वाचनमा सोचेकै जस्तो परिणाम प्राप्त गरेपछि भने पदीय बाँडफाँडकै कारण एकता प्रक्रिया उत्साहजनकरुपमा अगाडि बढ्न सकेको थिएन ।
Shamsuddin Siddique
Waahiyaat khabar.
उजितसिं सिं
गलत शाषन प्रणाली
Raju Sharma
Aalo paalo ,yo randi ko bebahar garne haina,purai panch barsha eutai le desh chalaunu parxa.
Lama Jems
Rip
Ratna Khatri
फेरि अस्थिरता फेरि आलोपालो फेरि भागबन्डा
Arjun Kumar Shrestha
Goru hatu.janatako.aakha.ma chato halne.kam nahos matrai janatanle.sukha paun ani janatako.janmata ko kadar gariyo fati.pani.chuna aaula ani janata ke 0vot diyelan hos gara.raprapa ko jhai halat hola.khabrdar
Janak Chhetri
पार्टी एकता पछि फेरि आलो पालो को अर्थ के हो ???
Prakash Khanal
एउटै छतामा नआए सम्म इनका अबिबेक्तिको कुनै अर्थ छैन मिनेट मिनेट मा बोली फेरिराख्ने छेपाराहरुको बानी छ के हो के सङ्कै छ
Gurung Man
अरु ठीकै होला बांचेछ भने ५/५ हांक्नु पर्छ । यो आलोपालो भन्ने कुरा ५ बर्ष पछि उमेरले दिने भए प्रचण्ड प्रधानमन्त्री र ओलि पार्टी अधक्ष्यमा बस् । बांकि धेरै पदहरु छन् त , राष्ट्रपति , सभामूख, उपहरु, मन्त्पलायहरु, राजदूतहरु, न्यायधीशहरु, सबै सबै ठाउंमा अब एक्लौटी हैन मिलेर गर्यौ भने जनताले फेरि ५ बर्ष थप्न खूशीले जनमत देलान् हैन भने यी मुखैमा आउंने आहार पनि खुस्किएलान् समयमै दिमाग पुगोस् । बिभाजन भयो भने कुनै पार्टीलाई भविष्यमा कहिल्यै नआउने गरि मौका गुम्ने निश्चित छ ।
Ram Hari Dahal
पहिलो ५ बर्ष ओली र पछिल्लो ५ बर्ष प्रचण्ड प्रधानमन्त्री हुनु उत्तम हुनेछ … यस बरेमा नेताहरुले सकारात्मक कोणबाट बिचार गरून् । तर … पार्टी एकीकरण सबैभन्दा ठूलो कुरा हो । यस्ले मुलुकलाई युगौदेखीको भारतीय चलखेलबाट उन्मुक्ती दिनेछ र आफ्नै बलबुतामा सरकार बनाउन सक्ने स्थीतिमा पुर्याउने छ । साथै यस कार्यले मुलुकभरी बामपंथी समर्थक जनताको बहुमत हुदाहुदै पनि गैरबामपन्थीहरुले राज गरिरहने दुर्भाग्यबाट समेत नेपालले उन्मुक्ती पाउने छ । यसर्थ नेताहरुको यो अग्रगामी र ऐतिहासिक निर्णयलाई हाम्रा केही बिमतिहरु हुदाहुदै पनि सहर्ष स्वागत गरौं … यो एउटा युगयुगसम्म महत्व राख्ने बिषय हो ।