महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ९, २०७९
|
|
३६ पटक हेरिएको
Shares
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी

सारांश

  • काठमाडौ ।
  • महालक्ष्मी विकास बैंकले उच्च व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ ।
  • यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्च ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

काठमाडौ । महालक्ष्मी विकास बैंकले उच्च व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्च ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार न्यूनतम मौज्दात रु ५०० मै खाता खोल्न सकिने यस बचत खातामा मासिक व्याज भुक्तानी हुने छ। ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?