शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी

सारांश

  • काठमाडौं, १३ माघ ।
  • प्रदेश नम्बर १ मा एमालेका तर्फबाट दुईजना ‘हेभिवेट’ नेता मुख्यमन्त्रीका प्रमुख दावेदार हुन् ।
  • एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई दुवैजनाबीच मुख्यमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी छ ।

काठमाडौं, १३ माघ । प्रदेश नम्बर १ मा एमालेका तर्फबाट दुईजना ‘हेभिवेट’ नेता मुख्यमन्त्रीका प्रमुख दावेदार हुन् । एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई दुवैजनाबीच मुख्यमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी छ ।

एमालेका पोलिटब्यूरो सदस्य शेरधन राईले प्रदेश १ को मुख्यमन्त्री आफू बन्ने भन्दै सार्वजानिक अभिव्यक्ति दिँदै आएका छन् । तर, राईको अभिव्यक्तिमाथि एमाले नेता भीम आचार्यले ‘काउन्टर अट्याक’ गरेका छन् ।

वाम गठबन्धनबाट एमालेको भागमा परेको प्रदेश १ को मुख्यमन्त्रीमा नेता राईको चर्चा चलिरहेका बेला आचार्यले उम्मेदवारी दिने बताएका हुन् ।

काठमाडौंमा आज एक बेग्लै पत्रकार भेटघाट गरी आचार्यले आफू मुख्यमन्त्री बन्नेमा समेत ढुम्म रहेको बताए । निर्वाचनको टिकट वितरणमा जोडेर आफूलाई लाञ्छित गरिए पनि त्यसमा सत्यता नभएको दाबी गरे ।

भीम आचार्य एमाले १ नम्बर प्रदेशका संयोजक हुन् । यसपटक उनी सुनसरी–१ ‘ख’ बाट २० हजार २११ मतका साथ विजयी भए । यस्तै एमाले १ नम्बर प्रदेशका सहसंयोजक राई २० हजार ३३४ मतका साथ भोजपुर ‘ख’ बाट विजयी भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज डिस्चार्ज हुँदै राष्ट्रपति पौडेल
आज डिस्चार्ज हुँदै राष्ट्रपति पौडेल
सलमान खान प्रेमिकाको बेडरुममा रंगेहात पक्रिएपछि‘
सलमान खान प्रेमिकाको बेडरुममा रंगेहात पक्रिएपछि‘
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
प्रदेश २ को संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन:सबै मिलेर अघी बढेमा मात्र देश बन्छ
प्रदेश २ को संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन:सबै मिलेर अघी बढेमा मात्र देश बन्छ
एसियाली क्रिकेटमा भारतकाे मनलाग्दी, एसिसी भयाे रुष्ट !
एसियाली क्रिकेटमा भारतकाे मनलाग्दी, एसिसी भयाे रुष्ट !
रगत परिक्षणमा लापर्वाही !
रगत परिक्षणमा लापर्वाही !
निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप
निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप
दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने
महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने

तपाईंले छुटाउनुभयो कि?