बासमती सागदेखि लोकल खसी र कुखुरा पाइने काठमाडौँ भित्रको अर्गानिक फार्म हाउस (भिडियो)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
बासमती सागदेखि लोकल खसी र कुखुरा पाइने काठमाडौँ भित्रको अर्गानिक फार्म हाउस (भिडियो)

सारांश

  • पछिल्लो समय विभिन्न किशिमका रासायनिक मल तथा विषादी प्रयोग गरेर उत्पादन गरिने सागसब्जी तथा खाद्यान्नका कारण मानिसको स्वास्थ्यमा अनेक किशिमका रोग लाग्ने क्रम बढ्दो छ ।
  • आम मानिसको स्वास्थ्यमा देखिएको यस्तै यस्तै समस्याका कारण केही समययता अर्गानिक खेती गर्ने प्रचलन बढिरहेको छ ।
  • अर्गानिक फार्म हाउसमा उत्पादन गरिने अन्नबालीमा रासायनिक मल तथा विषादीको प्रयोग गरिदैन ।

पछिल्लो समय विभिन्न किशिमका रासायनिक मल तथा विषादी प्रयोग गरेर उत्पादन गरिने सागसब्जी तथा खाद्यान्नका कारण मानिसको स्वास्थ्यमा अनेक किशिमका रोग लाग्ने क्रम बढ्दो छ । आम मानिसको स्वास्थ्यमा देखिएको यस्तै यस्तै समस्याका कारण केही समययता अर्गानिक खेती गर्ने प्रचलन बढिरहेको छ । अर्गानिक फार्म हाउसमा उत्पादन गरिने अन्नबालीमा रासायनिक मल तथा विषादीको प्रयोग गरिदैन । स्थानीयस्तरमै उत्पादन हुने कम्पोष्ट मल तथा औषधी लगायत प्रयोग गरेर उत्पादन गरिने अर्गानिक खाद्यान्न स्वास्थ्यको लागि उपयुक्त हुन्छ ।

कपनमा संगम शेर्पाले करिब ८ वर्षअघि स्थापना गरेको अर्गानिक फार्म हाउस काठमाडौँ भित्र चर्चित अर्गानिक फार्म हाउस हो । यहाँ लोकल कुखुरादेखि लोकल गाईको दुघ, घ्यू, दहि सहित लोकल खसी र विभिन्न किशिमका सागसब्जी तथा तरकारी उत्पादन गरिन्छ ।

यो अर्गानिक फार्म हाउसमा रेष्टुरेन्ट र होम स्टेको सुविधा पनि रहेको छ । निकै कम मूल्यमा यहाँ ग्रामिण परिवेशको अनुभव गर्दै बस्ने र खाने सुविधा पनि यो फार्म हाउसमा पाइ्न्छ ।

पर्यटन पेशामा आवद्ध शेर्पाले करिब २५ रोपनी जग्गा भाडामा लिएर यो फार्म हाउस सञ्चालन गरिरहेका छन् । फार्म हाउसमा अहिले उनको परिवार नै आवद्ध भएर काम गरिरहेको छ ।

यहाँबाट उत्पादिन तरकारी, मासु, सागसब्जी किन्न ग्राहकहरु फार्म हाउस नै पुग्ने गरेका छन् । त्यस्तै यहाँ उत्पादित सागसब्जी शेर्पाले भाटभटेनी सुपर मार्केटमा समेत लाने गरेका छन् ।

भिडियोका लागि लिंक

https://www.youtube.com/watch?v=IF8FxoJLzM8&t=2s

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशको राजधानी र नामकरणको निर्णयमा सकस
प्रदेशको राजधानी र नामकरणको निर्णयमा सकस
ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ
ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
मौन अवधिमा मनी र मसल प्रयोग भए उम्मेद्ववारी रद्द गर्छौं : ईश्वरी पौडेल– निर्वाचन आयूक्त (निर्वाचन आयोग)
मौन अवधिमा मनी र मसल प्रयोग भए उम्मेद्ववारी रद्द गर्छौं : ईश्वरी पौडेल– निर्वाचन आयूक्त (निर्वाचन आयोग)
मासिँदै हजार वर्षका एेतिहासिक सम्पदा !
मासिँदै हजार वर्षका एेतिहासिक सम्पदा !
परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल
२८ औँ आइजीपी शैलेस थापा हुन् पूर्व डिआइजीका छोरा
२८ औँ आइजीपी शैलेस थापा हुन् पूर्व डिआइजीका छोरा
तीन पत्रकारलाई हत्याको धम्की, पत्रकार महासंघद्वारा धम्की दिने समूहलाई कानुनी कारवाहीको माग
तीन पत्रकारलाई हत्याको धम्की, पत्रकार महासंघद्वारा धम्की दिने समूहलाई कानुनी कारवाहीको माग
ठगी मुद्दामा अभिनेत्री सोनाक्षी सिन्हाको बयान लिइदै
ठगी मुद्दामा अभिनेत्री सोनाक्षी सिन्हाको बयान लिइदै