बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २०, २०७९
|
|
३६ पटक हेरिएको
Shares
बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनाधिकृत संरचनामाथि डोजर लगाउने कार्यलाई निरन्तरता दिएका छन् ।
  • आज उनले कोटेश्वरमा डोजर लगाउन निर्देशन दिए ।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनाधिकृत संरचनामाथि डोजर लगाउने कार्यलाई निरन्तरता दिएका छन् । आज उनले कोटेश्वरमा डोजर लगाउन निर्देशन दिए ।

कोटेश्वर क्षेत्रमा मापदण्डविपरितका संरचना भत्काइएका छन् । यसअघि न्यूरोड, बानेश्वरलगायतका क्षेत्रमा बालेनको डोजर चलिसकेको छ ।

बालेनले भृकुटीमण्डपस्थित फन पार्कमा कर उठाइसकेका छन् । उनले ७ दिने म्याद दिएर महानगरपालिकाभित्र संचालित क्यासिनोलाई कर तिर्न पत्र काटेका छन् । प

त्र काटिएका ७ क्यासिनोहरुमा क्यासिनो प्यालेस, डेल्टिन क्यासिनो, क्यासिनो र्याट, प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेली क्यासिनो छन् । उनीहरुले झण्डै ४ वर्षयता मनोरञ्जन कर तिरेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?